एमाले सचिव बिष्टद्धारा जनप्रतिनिधीको कडा आलोचना राम्रो कामलाई साइत कुर्नु पर्दैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले सचिव बिष्टद्धारा जनप्रतिनिधीको कडा आलोचना राम्रो कामलाई साइत कुर्नु पर्दैन



गुल्मी, १५ साउन

नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले निर्वाचित भएको झन्डै एक महिना सम्मपनि कुनै काम नगर्ने जनप्रतिनिधीको कडा आलोचना गरेका छन् । ‘एक महिनासम्म पनि कुनै जनप्रतिनिधीले कुनै ठोस निर्णय र योजना बनाएका छैनन्,’ उनले भने,‘काम गर्नै निर्वाचित भएको भए राम्रो कामको लागि साइत हेर्नु पर्दैन ।’ नेकपा एमाले इस्मा गाउँपालिका–रुपन्देहि सम्पर्क कमिटीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

पुर्वमन्त्री समेत रहेका विष्टले प्रत्येक सेकेण्डको महत्त्व नराख्ने व्यतिm जनप्रतिनिधी वा जनताको सेवक बन्न नसक्ने बताए । ‘जनताले जिताई सके, अब उनीहरू काम हेर्न उत्साहित छन्,’उनले भने,‘ जनप्रतिनिधीहरु अझै हीनताबोध र कुण्ठा बोकेर अल्मलिएका छन् ।’ उनले पहिले पन्ध्र लाख आउने वडामा अहिले एक करोड आउँदा पनि कसैको प्रतीक्षामै जनप्रतिनिधीहरु बसेको प्रतिक्रिया दिए । ‘म उर्जामन्त्री भएकै अर्को दिन घाइते हात लिई मन्त्रालय पुगेर काम गरेको थिए,’ उनले भने,‘ जनताका काम गर्ने मानसिकता बोकेर चुनाव जितेको भए काम गर्न खटपटि हुनुपर्छ ।’ उनले धेरै आशा र अभिलासाका साथ जनताले विजयी बनाएकाले अनिर्णयमै समय बर्बाद गर्नेहरुलाई जनताले नै ठेगान लगाउने बताए । त्यसैले आजैबाट योजनाका साथ काममा लाग्न सबै जनप्रतिनिधीलाई निर्देशन दिए ।

जनता बिरामी हुँदा मन नदुख्ने के को जनप्रतिनिधी ?

एमाले सचिव विष्टले जनप्रतिनिधी जनताको नोकर भएकाले हरेक सुख र दुखमा सँगसँगै हुनु पर्नेमामा जोड दिए । ‘गाउँमा जनता बिरामी हुँदा र पहिरो जाँदा जनप्रतिनिधीको मन दुख्नुपर्छ,’उनले भने,‘ केन्द्रमा त बरु बिद्येक हुन्छ, गाउँमा विकेकले चल्नुपर्छ, ।’ आजको काम पर्सि गर्ने जनताको जनप्रतिनिधी नहुने भएकाले आजको आजै गर्ने मात्र सफल हुनेमा उनले जोड दिए । उनले अझै पनि गाउँमा एक गाग्रो पानी र एक ट्याव्लेट सिटामोलका लागि जनता छटपटाउने अवस्था रहेकाले त्यो समुदायकै बिचबाट काम थाल्न सवैजनालाई आग्रह गरे । अब पनि पहिरो नहटाएर घण्टौ बाटो अबरुद्ध भए, ट्रान्सर्फमर पडकिएर बिजुली नभए, एक क्वाइल पाइप नभएर खानेपानीबाट जनता वञ्चित भए त्यस्ता व्यक्ति जनप्रतिनिधी नहुने उनले बताए ।

हिले पनि आफूलाई पार्टीको उमेदवार नठान्नुस !

एमाले नेता विष्टले चुनाव लड्ने बेलामा कुनै पार्टीको उमेदवार भए पनि जितेपछि सबै जनताको प्रतिनिधि भएकाले बिना भेद्भाव काम गर्न सबै प्रतिनिधिलाई निर्देशन दिए । ‘हिजो जुन पार्टीबाट चुनाव लडेपनि दिमागबाट फाल्दिनुस, अब जनप्रतिनिधी हो,’ उनले भने,‘ अब पार्टीको ठेक्का होइन गाउँको विकास र जनताको हेक्का राख्नुस ।’ जसले गरे पनि समाजकै विकास गर्ने भएकाले जनप्रतिनिधी सफल भए पार्टी पनि सफल हुने विष्टले बताए । ‘चुनाव जित्न जनताका माझ केके बोलियो फर्केर हेर्नुस,’उनले भने,‘ परिक्षणकाल सुरु भएकाले काम गरेर दखाउनुस ।’ भोटकै आधारमा पक्षपातपुर्ण व्यावहार नगर्न आग्रह गर्दै नेता विष्टले बरु अरू पार्टीमा भोट हाल्नेलाई पश्च्यताप हुनेगरी काम गरेर देखाउन सुझाव समेत दिए । उनले जिम्मेवारी बोकेका जनप्रतिनिधी कर्तव्यलाई बिर्सेर सुविधाकै लागि बढी चिन्तित भए काममा सफल नहुने बताए ।

इच्छाशक्ति बिना नमुना इस्मा गाउँपालिका बन्दैन

गुल्मीको इस्मा नै घर भएका एमाले नेता गोकर्ण विष्टले व्यक्तिको काम गर्ने इच्छाशक्ति बिना केन्द्रको अर्बौ पैसाले पनि काम नगर्ने बताए । उनले निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा अर्बौ बजेट परेपनि सोचेजस्तौ काम नभएको गुनासो गरे । ‘गाउँमा जनप्रतिनिधी थिएनन बजेट बोलवालाले बर्म्रलुट गरे, अव त्यस्तो हुँदैन,’उनले भने,‘ उनीहरू जनताका प्रतिनिधि हुन, काम नगरे जनताले क्षमा गर्दैनन् ।’ इस्मा गाउँपालिकालाई नेपालकै गाउँपालिका मध्येको नमुना बनाउने उदेश्यका साथ योजना अगाडी बढेको उनले बताए । ‘आफैले पनि गर्न सक्ने थुप्रै बजेट गाउँपालिका मै छ,’उनले भने,‘ठुला योजनाका लागि म साथमा छु ।’ देशकै चार अन्तर्राष्ट्रिय रङ्गशाला मध्ये लखन थापा अन्तर्राष्ट्रिय रङ्गशाला पनि इस्मा गाउँपालिकाको अम्मरपुरमा निर्माणको क्रममा भएकाले अरू धेरै काम हुने विष्टले बताए ।