गोकर्ण विष्टको गृहपालिकामा कांग्रेसले गाड्यो झण्डा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गोकर्ण विष्टको गृहपालिकामा कांग्रेसले गाड्यो झण्डा



गुल्मीको इश्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मत ल्याउँदै बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा बहादुर अर्यालले ५ हजार ४६४ मत ल्याए ।

उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी पार्वती कुँवरले ५ हजार ९०९ मत ल्याएर उपाध्यक्षमा बिजयी भएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए । उपाध्यक्षमा एमालेकै बिमला खत्रीले ५ हजार १२१ मत पाएकी छन् ।

गाउँपालिकामा रहेका ६ वटा वडाहरु मध्ये ४ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जितेको छ ।

इश्मा नेकपा एमाले पार्टी सचीव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टको जन्मथलो हो ।