यौन दुर्व्यवहारको आरोपी गोकुल बास्कोटाको सल्लाहकार भएको खुलासा - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

यौन दुर्व्यवहारको आरोपी गोकुल बास्कोटाको सल्लाहकार भएको खुलासा



यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको सल्लाहकार भएको खुलासा भएको छ । कलेजको छात्रालाई कलेजमै दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सेन्ट लरेन्स कलेज चाबहिलका कोअर्डिनेटर जनार्दन अधिकारी पूर्व सञ्चारमन्त्री बास्कोटाको सल्लाहकार रहेको खुलेको हो ।

बास्कोटा मन्त्री रहेको बेलामा उनी विज्ञ सल्लाहकारको रूपमा काम गरेका थिए। अधिकारी काभ्रे भुम्लु गाउँपालिकाका हुन्।

स्रोतका अनुसार उनलाई मिडिया विश्लेषकको रूपमा बास्कोटाले नियुक्त गरेका थिए। अधिकारीले कलेजको एक छात्रालाई कलेजभित्रै यौन दुर्व्यवहार गर्ने गरेको र फेसबुक मेसेन्जरबाट यौन प्रस्ताव राख्ने गरेको सार्वजनिक भएको थोयो ।

उक्त कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरू आन्दोलित भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला वृत्तमा राखेको छ।

प्रहरीले अधिकारीसँगै कलेजका प्रमुख केशव दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएका छन्। उनीहरूले विद्यार्थीको अभिभावकलाई फकाएर घटना गुपचुप बनाउने प्रयास गरेका थिए।

बास्कोटाले पनि मन्त्री भएको बेला ७० करोड भ्रष्टाचारको बार्गेनिङ गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए ।