गोल रोक्न खोज्दा आफ्नै टिमका खेलाडीसँग ठोक्किएर किप्परको ज्यान गयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गोल रोक्न खोज्दा आफ्नै टिमका खेलाडीसँग ठोक्किएर किप्परको ज्यान गयो



एजेन्सी । इन्डोनेसियन सुपर लिग फुटबलका क्रममा आफ्नै  टिमका खेलाडीसँग ठोक्किएर एकजना गोल रक्षकको ज्यान गएको छ ।

साथी खेलाडीसँग ठोक्किएर इन्डोनेसियाका चर्चित गोलर रक्षक चोइरुल हु़डाको ज्यान गएको हो । पार्सेला लामोनगन क्लब र सेमेन पडाङ्ग क्लबबीच भएको खेलका उनको ज्यान गएको हो । खेलको पहिलो हाफमा ३८ वर्षीय गोल रक्षक हुडाको आफ्नै टिमका खेलाडी साथी रामोन रोड्रिगेजसँग ठोक्किएर ज्यान गएको हो ।

लीग-१ मा पार्सेला लामोनगन  आइतबार राति सेमेन पडाङ्गविरूद्ध खेलिरहेको थियो । यस खेलका क्रममा गोल रक्षक ब्राजिलियन खेलाडी रोड्रिगेजसँग ठोक्किन पुगेका थिए । घटनापछि हुडालार्इ तत्कालै अस्पताल लगिएको थियो । पार्सेला क्लबका प्रशिक्षक अजी सान्तोतोले गोल डट कमलार्इ भनेका छन्, ‘खेल सकिएपछि सबै खेलाडी तत्कालै  अस्पताल गए, जहाँ हामीलार्इ हु़डाको निधनबारेमा जानकारी मिल्यो ।’

प्रशिक्षक सान्तोतोले हुडाको निधन आफूहरूका लागि सहनै नसक्ने घटना भएको बताए । टिमसँग चिकित्सकसँग मिल्ने समय थिएन । उनीहरूले केवल हुडाको मृत शरीर मात्रै देख्न पाए । पार्सेलामा सन् १९९ मा जोडिएका हुडाले आफ्नो करिअरमा अहिलेसम्म क्लबका लागि ५०३ खेलमा खेलेका थिए ।