ह्वात्तै बढ्यो सुनको मूल्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ह्वात्तै बढ्यो सुनको मूल्य



सुनको मूल्य एकाएक बढेको छ । सुनचाँदी व्यावसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रति तोला ६ सय बढेको हो ।

मंगलबार प्रति तोला सुनको मूल्य ७१ हजार ४ सय थियो । यससंगै सुनको मूल्य बढेर प्रतितोला ७२ हजार पुगेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार ७१ हजार १ सय रहेको सुन बुधबार ७१ हजार ७ सय पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रति तोला ८ सय ८५ रुपैयाँ रहेको चाँदी बुधबार ५ रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुन बढ्न थालेपछि नेपाली बजारमा पनि सुन बढ्न थालेको छ । अहिले विश्व बजारमा प्रतीऔंस १५ सय २९ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ ।