सुनको मूल्यमा भारी गिरावट - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

सुनको मूल्यमा भारी गिरावट



काठमाडौं। पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको छ । सुनको मूल्यमा पुन गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला चार सयले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला  ७० हजार २०० कायम भएको छ । भदौ २२ मा छापावाला सुन प्रतितोला ७० हजार ६०० मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९०० कायम भएको छ । भदौ २७ मा तेजाबी सुन प्रतितोला ७० हजार ३०० मा कारोवार भएको थियो । सुन भदौ २६ र २७ गते प्रतितोला २००/ २०० ले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको आएको छ ।

बजारमा चाँदीको मूल्य प्रतितोला ३० ले घटेर प्रतितोला ८४० पुगेको महासङ्घले जनाएको छ । भदौ २७ मा चाँदी प्रतितोला ८७० मा खरीद–बिक्री भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिऔँस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको महासंघले जनाएको छ ।