गोली चल्यो ! नेपाली मर्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गोली चल्यो ! नेपाली मर्यो



हरि थापा

यो घटना आश्चर्य मान्नु पर्ने नोैलो घटना भने पक्कै होइन गोली चल्यो घटनास्थलमा मृत्यु केही गंम्भिर घाइते अस्पतालमा उपचारको क्रममा मृत्यु यस्ता घटना सामाजिक सञ्जाल, मिडियाहरुमा जताततै चर्चा पाइरहेका हुन्छन् ।

सवाल गोली चल्नु हैन नेपाली मर्नुमा हो यस बेला कुनै जात,धर्म,मधेसी,पहाडी, हिमाली, अन्य दलित गैर दलित को सवाल हुँदैन।

गोली चल्दा को मर्यो सँग सवाल हुन्छ भारतीय सिमानामा गोली चल्यो नेपालीको मृत्यु भयो विश्व भर फैलियो अन्तर्राष्ट्रिय अदालत सम्म न्याय खोज्न जाने कुराले सञ्जाल मिडिया खुब तात्यो अन्त्यमा तेतिकै चिसो भएर गयो।परिवारले सदस्य गुमाए परिवार मात्र गुमाएनन आफ्नो सारा सपना गुमाए बाच्ने आधार गुमाए तर सम्बन्धित निकायले यसलाई त्यति गहकिलो रूपमा लिज सकेको छैन मृत्यु भन्दा ठुलो के हुन सक्छ?

विभिन्न कारण बस गोलिकाण्ड सुरुहुन्छ कहिले गुण्डाले गुण्डा ताक्छन कहिले पुलिसले गुण्डा ताक्छन कहिले गुण्डाले सर्वसाधरण ताक्छन आखिरमा मर्ने नेपाली हो किन मार्छन मर्छन यो महत्त्वपूर्ण कुरा हो।व्यक्तिगत रिसिबी अन्य कारोबार धन्दाको पर्दाफास हुने विभिन्न बाहनामा गोली चल्छ र नेपालीको मृत्यु हुन्छ ।
तर यस्ता हत्याका घटना छानविन अनुसन्धान हुन्छ लगभग नातावाद कृपावाद केही जोडिन्छ होला अनि हत्यारालाई विभिन्न बाहनामा खुला छाडिन्छ।

केही समय अगाडी युवानेता दुर्गा तिवारीको हत्या भयो सञ्जाल भरि फैलियो छानविन अनुसन्धान हुन पर्ने जति सबै भयो तर दोषीलाई कडा भन्दा कडा कारबाही भएन अहिले सुनिदै आएको छ केही राजनीतिक दलमा आबद्ध भएका व्यक्तिहरूलाई अख्तियारले सम्म समाउने हिम्मत राखेको छैन भन्ने सार्वजनिक कार्यक्रममा भन्न थाली सकेका छन् भने नेपाली नेपालमा बसेर नेपालीकै रगत माथि हमला गर्दैछ यसलाई सही ठेगाना लगाउन नसक्दा अपराध बढिरहेको छ।यसको जिम्मा संम्बन्धित निकायले लिनुपर्छ र नागरिकलाई शान्तिको अनुभूति गराउनु पर्दछ।
कतिपय राजनीतिक दलमा आबद्ध भएका व्यक्ति छन् भने कतिपय नेपाल प्रहरीकै बहालवाला हल्दार जवान असई पनि विभिन्न धन्दामा संलग्न भएको देखियो चोरी डकैती बलत्कारका प्रमुख घटनाको छान विन गर्दा र सुनकाण्डकै विषयमा पनि प्रहरी एसएसपी को संलग्नताले सिङ्गो प्रहरी प्रशासन शङ्काको घेरा भित्र परेका छन् ।

त्यस्तै घटना घटाउने आपराधिक श्रृङ्खला मा संलग्न मानव तस्करमा संलग्नलाई पनि प्रहरीले धरोैटी राखेकै भरमा छाडी दिदा पिडितहरु अझ असुरक्षाको घेरा भित्र परेका छन् भने अपराधीहरु छाती फुलाएर हिडिरहेका छन् यो अलि न्यायचित भएन की भन्ने मेरो तर्क हो कानुनको हकमा कसैलाई पाखाँ कसैलाई काखाँ बनाउनु हुँदैन समानअधिकार हुनपर्छ भन्ने मेरो भनाई हो तर समातेर अनुसन्धान गरिरहेका केही व्यक्तिलाई प्रहरीले छाडी दिदा अझ जटिल समस्या भएको छ यदि निर्दोष हो भने उसलाई छाड्नु पर्छ दोषी हो भने केही रकम धरोैटी लिएको भरमा छुट दिनुहुन्न की भन्ने मेरो बुझाइ हो।

मेरो गुनासो नेपाल प्रहरीलाई छ यदि दोषी हो भन्ने थाहाँ भई भई पनि राजनीतिक दबाबमा किन त्यस्ता व्यक्तिलाई छाड्ने त्यसले त अझ कुकर्म गर्न होैसल्ला बढ्दैन् र ! यसमा बुद्धिजीवी र सुरक्षा निकायका व्यक्तिहरूले ध्यान दिन अलि कन्जुस्याई गरेको हो की?

नामले कोही गुण्डा हुँदैन जन्मदा कोही गुण्डा हुद‌ैन तर त्यसलाई गुण्डा बनाउने यही समाज राष्ट्र हो भने किन त नैतिकता सिकाउन सकेको छैन सानो छदा देखि किन निगरानी गरिएन यो व्यक्तिको समस्या हुँदै होइन संस्कार र सङ्गतले गुण्डा बनाई रहेको छ अझ अहिले त राजनीतिक दलको झन्डा बोकेको भरमा सुकुल गुण्डा भएर गोजीमा कोैडी नभई अपराधमा संलग्न हुने धेरै छन् ।

राजजितिमा युवाहरूको अाकर्षन पनि त्यस्तै छ राजनीतिमा संलग्न भयो अनि शक्ति देखाउदै विभिन्न अपराधमा संलग्न भयो र कहीँ कतै प्रहरी खोरमा पुगे यसो भनसुन गरेको भरमा बाहिर निकाल्यो होैसल्लाको साथ काम गर्दै अपराधलाई पक्कड बनाउदै गयो कारण यही हो दोष उसको हो जसले साना गल्तीलाई बेवास्ता गरी कानुनको अाखाँ छोप्दै चोैकिबाट छुटाउछ र सक्दो प्रयोग गर्छ अन्त्यमा चरी घैठ्य जस्तै गरी फेरि प्रशासनको सहयोगमा गोली ठोक्न बाध्य बनाउछन।

आखिर मर्ने मार्ने नेपाली हो यदि यस्ता अपराधीलाई समयमा कानुनको कठघरमा उभ्याउने र कानुनले तोकेबमोजीम सजाय दिने हो भने यसरी ज्यान मर्ने थिएन यसको दोष राजनीतिक दल प्रहरी प्रशासन दुवैले लिनु पर्छ गुण्डा होस वा अन्य परिवारले सदस्य गुमाएका छन् एउटा बालक टुहुरा बनेको छ कानुनको सही कार्यन्वयन नहुदा दिन प्रतिदिन गोली चल्ने नेपाली मर्ने जस्ता घटना बढेका छन्।

न्यायधिस रणबहादुर गोलीकाण्ड देखि दावा लामा गोली काण्ड सम्म निर्मम हत्या भएको छ जब सम्म न्यायलय र प्रहरी प्रशासन कडा रूपमा प्रस्तुत हुँदैन तब सम्म घटना रोकिने वाला छैन राजनीतिक हैसियतकै अाडमा कानुनलाई पकेटमा हाल्ने अरू हाम्रै वरिपरि घुमिरहेका छन् यसका उपज सबै राजनीति हुन यिनलाई सुरक्षाको प्रत्याभुती दिलाउने पनि राजनीतिमा संलग्न भएका व्यक्ति हुन ।

जब सम्म निकायले बेवास्ता गर्दै कानमा तेल हालेर बस्छ एक दिन आफ्नै सदस्य गुमाउदा बल्ल होसमा आउने छन् । क्रमबद्द घट्ना बढ्दै जाने हो एक दिन मै हु भन्ने राजनीतिज्ञका सदस्य पनि नपर्लान भन्न सकिन्न चरम लापरबाही हुँदा यस्ता गोलीकाण्ड दिन प्रतिदिन सल्बलाउन थालेका छन् ।यसलाई रोक्न विशेष भूमिका खेल्नु पर्ने यस विषयलाई गंम्भिरताको साथ लिनुपर्छ र दोषीलाई कडा भन्दा कडा कारबाही गर्नु पर्दछ ।