प्रहरीलाई गोली प्रहार गर्ने तीन जना पक्राउ .... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रहरीलाई गोली प्रहार गर्ने तीन जना पक्राउ ….



मंसिर ११, सिरहा – सिराहामा गोली प्रहार गरेर फरार भएका ३ जनालाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जनालाई सिरहा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए । प्रहरीले उनिहरको परिचय खुलाएको छैन । सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहले गोली प्रहार गर्दा एक म्यादी र एक प्रहरी घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यका अनुसार करिब ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका हुन् । उनिहरु दुवैको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सिरहा र धनुषाको सीमाीको रुपमा रहेको कमला नदीको पूर्वी तटबन्धमा पर्ने निर्दना घाटमा आहोरदोहोर गर्ने सवारी सधान रोकेर चेकजाँच गरिरहेका बेला रातो रङ्को मोटरसाइकलमा रहेका दुई जनाको समूहले गोली प्रहार गरी धनुषातर्फ लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए ।

कोखामा गोली लागेका म्यादी प्रहरी आदर्श र प्रहरी जवान मायारामलाई तत्काल उद्धार गरी कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना गरी उपचार गरेपनि मायारामको अवस्था गम्भिर बन्दै गएपछि दुवैलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको बताईरहेकै बेला दिनदहाडै ड्युटीमा रहेका प्रहरीमाथि नै गोली प्रहार हुन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । घाइते दुवै प्रहरी प्रहरी चौकी भेडियामा कार्यरत रहेका थिए ।