गुगल क्रोममा ‘अस्लील सामाग्री’ खोज्नु हुन्छ ? होसियार ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गुगल क्रोममा ‘अस्लील सामाग्री’ खोज्नु हुन्छ ? होसियार !



एजेन्सीः यदि तपाईले आफ्नो कम्युटरमा रहेको वेब ब्राउजर ‘गुगल क्रोम’ पोर्न सामग्रीहरु खोज्नु हुन्छ भने होसियार । यसले तपाईलाई ठूलो समस्यामा पारिदिन सक्छ ।

हो, कतिपय व्यक्ति गुगल क्रोममा ‘इन्कग्निटो’ मोडको पोर्न सामग्री खोज्न प्रयोग गर्ने गर्छन् । उनीहरुलाई लाग्छ, कि यसरी खोज्दा कसैलाई पनि थाहा हुँदैन । तर होसियार हुनुहोस् तपाईको यस्तो हर्कतमाथि गुगलले भने निगरानी राखिरहेको हुन्छ । गुगलले ‘इन्कग्निटो’ मोडमा धेरै ट्याग खोल्नेहरुमाथि निगरानी राखिरहेको हुन्छ ।

र गुगलले तपाईलाई सोध्छ पनि, ‘तपाईले आनन्द लिइरहनु भएको छ हैन ?’

द इन्डिपेन्डेन्टका अनुसार यदि कोही प्रयोगकर्ता ‘इन्कग्निटो’ मोडमा सर्च गर्दा एक सयवटा भन्दा धेरै ट्याब खोल्यो भने गुगलको एड ट्याब काउन्टरमा ‘स्माइली’ वा ‘विन्क’ देखिन्छ । गुगलले यस्तो बनाउनुको अर्थ नै उसले तपाईमाथि निगरानी गरिरहेको छ भन्ने बुझ्नुहोस् ।
गुगलमा दुई क्यारेक्टर देखिन्छन् ।

एकसय ट्याबभन्दा बढी खोल्दा गुगलले स्माइली वा विन्क दिनुको अर्थ तपाईले आवश्यकता भन्दा धेरै पोर्न सामग्री हेरिरहनु भएको छ भन्ने पनि हो ।

यदि तपाई ‘इन्कग्निटो’ को प्रयोग गरेर सुरक्षित रुपमा पोर्न सामग्री हेरिरहेको छु भन्ने ठान्नुहुन्छ भने होसियार हुनुहोस् । थोरै हेर्दा सुरक्षित हुनुहुन्छ, धेरै हेर्दा फन्दामा परिएला ।