झुक्किएर पनि गुगलमा यी पाँच कुराहरू गर्नुहुँदैन सर्च - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

झुक्किएर पनि गुगलमा यी पाँच कुराहरू गर्नुहुँदैन सर्च



गुगलमा औषधिको नाम सर्च नगर्नुहोस्

यदि तपाईंको स्वास्थ्य अवस्था राम्रो छैन र आफ्नो लक्षणको आधारमा कुन रोगको संक्रमण छ भनेर गुगलमा सर्च गर्नुहुन्छ । अनि यससँगै उक्त रोगबाट निको हुन आवश्यक औषधी पनि खोज्नुहुन्छ ।

तर भुलेर पनि यस्ता काम नगर्नुहोस् । गलत औषधिको सेवनले तपाईंको स्वास्थ्य अवस्था झन् बिग्रिन सक्छ । त्यसैले स्वास्थ्य अवस्था खराब भएको छ भने गुगल सर्च होइन, बर तुरुन्त डक्टरकहाँ जानुहोस् ।

बम बनाउने तरिका

गुगलमा झुक्किएर पनि बम बनाउने तरिका सर्च नगर्नुहोस् । बम बनाउने तरिका वा यससँग सम्बन्धित कुनै पनि चिज सर्च गरेकै कारण तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ ।

तपाईं यस किसिमका कुराहरु यदि गुगलमा सर्च गर्नुहुन्छ भने तपाईंको आईपी एड्रेस सोझै सुरक्षा निकायसम्म पुग्नेछ । त्यसपछि सुरक्षा निकायले तपाईं विरुद्ध कारबाही अगाडि बढाउन सक्छ ।

गुगलबाट सोझै मोबाइल एप डाउनलोड नगर्नुहोस्

हामी कुनै एप प्लेस्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड नगरेर त्यसलाई गुगलमा सर्च गर्दछौं । यसो गर्दा कतिपय समय फर्जी एपहरु डाउनलोड गर्न पुग्दछौं ।

जसले हाम्रो डिभाइसलाई हानी पुर्‍याउनुका साथै हाम्रो फोनमा रहेको डेटा समेत चोरी गर्दछन् । त्यसैले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट मात्रै एप डाउनलोड गर्ने बानी बसाल्नुहोस् ।

निजी ईमेल गुगलमा सर्च नगर्नुहोस्

याद राख्नुहोस्, आफ्नो निजी ईमेल लगईनका लागि गुगल सर्च गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट नै ह्याक हुन सक्ने जोखिम हुन्छ ।

यसबाट तपाईंको ईमेलबाट स्क्याम हुन सक्दछ र तपाईं कानूनी झन्झटमा पर्न सक्नुहुन्छ । त्यसैले ईमेल लगईन गर्दा आधिकारिक एप तथा ब्राउजरको युआरएलमा सोझै टाइप गर्नुहोस् ।

कस्टमर केयर नम्बर

हामी कुनै न कुनै उत्पादन प्रयोग गरिरहेका हुन्छौं । त्यसमा कुनै किसिमको समस्या आउँदा कस्टमर केयरलाई कल गर्ने विषयमा सोच्न थाल्छौं ।

कतिपय समय हामीलाई सम्बन्धित कस्टमर केयरको नम्बर थाहा हुँदैन । यस्तोमा गुगलको सहारा लिन थाल्दछौं ।