गोपाल खड्काको बदमासी हवाई इन्धनमा पौने तीन करोड रुपैयाँको घोटाला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गोपाल खड्काको बदमासी हवाई इन्धनमा पौने तीन करोड रुपैयाँको घोटाला



काठमाडौं/ असोज २० ।

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ ।  इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो ।

हवाई इन्धनमा निगम सञ्चालक समितिलाई जानकारी नै नदिई खड्काले आफ्नो मनोमानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा दिएको लस टार्गेन (चुहावटमा तोकिएको लक्ष्य) ०.६२ प्रतिशतबाट बढाएर ०.८५ प्रतिशत पुर्याएका हुन् । लस टार्गेट सञ्चालक समितिले स्वीकृत दिएपछि मात्र कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले निगमका डिपो प्रमुखसँगको मिलेमतोमा बढाएका हुन् ।

विमानस्थलका तत्कालीन डिपो प्रमुख दीपक बराल र प्रकाश श्रीवास्तवले सञ्चालक समितिले दिएको लक्ष्य ०.६२ प्रतिशतभित्रै रहेर काम गरेका थिए । त्यसपछि आएका डिपो तत्कालीन डिपो प्रमुख प्रदीप यादवसँगको मिलेमतोमा खड्काले लक्ष्य ०.२३ प्रतिशतले बढाउँदा निगमलाई वार्षिक ३ लाख ३५ हजार आठ सय लिटर हवाई इन्धन अतिरिक्त खर्च देखाएर घोटाला गरिएको हो नागरिक दैनिकमा खबर छ   ।