बाबुराम र नारायणकाजीको चुनावी क्षेत्र अति संवेदनशील - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाबुराम र नारायणकाजीको चुनावी क्षेत्र अति संवेदनशील



गोरखा –

आगामी मंसीर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाको ६८ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।

चुनावलाई लक्षित गरेर बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखालाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।

६८ वटा अति संवेदनशीलमध्ये धेरै २ नम्बर क्षेत्रमा नै रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रजिअ बस्नेतले भने,

-नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्रका मतदानस्थलहरु अति संवेदनशीलमा परेका छन् ।