नुवाकोटमा गोरु जुधाइ कार्यक्रम हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नुवाकोटमा गोरु जुधाइ कार्यक्रम हुने



काठमाडौँ, पुस २७ गते ।  ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले माघ १ गते नुवाकोट जिल्लाको तारुकामा गोरु जुधाइ कार्यक्रम आयोजना गरिने भएको छ ।

रसुवा–नुवाकोट पर्यटन समाजले विसं २०६२ देखि हरेक वर्ष नुवाकोटको तारुका–५ मा गोरु जुधाइ कार्यक्रमको आयोजना गर्दै आएको छ ।   मङ्गलबार पत्रकार सम्मेलन गरी समाजका सहासचिव शिव अधिकारीले गोरु जुधाइ कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोडक्टका रूपमा विकसित गर्न लागिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा एमाले पर्यटन विभागका प्रमुख सूर्य थापा, पर्यटन व्यवसायीहरू दीपक महत, दिवश श्रेष्ठ, शिव लामिछानेलगायतले पनि गोरु जुधाइ कार्यक्रमको महत्वबारे बोल्नुभएको थियो ।

गोरु जुधाइ कार्यक्रममा रसुवा  र नुवाकोटका १८ हल गोरुले प्रतिस्पर्धा गर्दै छन् ।