गोरु तस्करको अखडामा प्रशासनको छापा, एक सय ७१ गोरु र ८ वटा ट्रक नियन्त्रणमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गोरु तस्करको अखडामा प्रशासनको छापा, एक सय ७१ गोरु र ८ वटा ट्रक नियन्त्रणमा



हिमाल पोस्ट /१९ पुस, कपिलवस्तु ।

कपिलवस्तुको चन्द्रौटा इलाक प्रशासन कार्यालयले गोरु तस्करहरुको अखडामा छापा मारेको छ । सोमबार राति प्रशासनले छापा मार्दा भारतबाट अबैध रुपमा नेपाल प्रवेश गराउँदै गरेको एक सय ७१ गोरु र तस्करीमा प्रयोग गरिएको ८ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाली कागजले मोहोरेर गोरुहरुलाई भारत लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा प्रशासनले छापा मारेको हो । राति १२ बजे इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश अर्यालको नेतृत्वमा छापा मारिएको थियो । कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौडालगायतका स्थानबाट लोड गरिएका ट्रकहरु हेटौडा लैजाँदै गरेको सूचनाका आधारमा प्रशासनले छापा मारेको शाखा अधिकृत आर्यालले बताए । पछिल्लो समय कपिलवस्तुमा गोरु तस्करी बढ्दो छ ।

भारतबाट गोरु नेपाल ल्याएर फेरि मासुका लागि भारत वा बंगलादेश पठाउने गरेको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।