कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म



काठमाडौं, जेठ १७ । यही आउँदो असार १ गतेबाट कक्षा ११ को परीक्षा हुने भएको छ ।

सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनका कारण पटक पटक कक्षा ११ को परीक्षा सारिदाँ विद्यार्थीहरु अन्यौलमा परेका थिए ।