ग्राण्डी हस्पिटलले लियो शिशुको ज्यान, डाक्टरको चरम लापरबाही - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ग्राण्डी हस्पिटलले लियो शिशुको ज्यान, डाक्टरको चरम लापरबाही



कर्ण अधिकारी, काठमाडौँ,

नेपालको नम्बर वान इन्टरनेशनल हस्पिटलको नामको ट्याग भिर्दै आएको ग्राण्डी हस्पिटलका डाक्टरहरूको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको छ ।

स्थायी घर नुवाकोट भई हाल मकाउमा व्यवसाय गरी रहेका दोर्जे तामाङको एक नवजात शिशुको श्रावण ६ गते मृत्यु भएको छ । भने अर्को शिशुको पनि उपचारमा लापरबाही भई शरीरका अङ्ग नै गुमाउनु पर्ने अवस्थामा छाडेको थियो।

दोर्जे तामाङको श्रीमती निशा तामाङ गर्भवती भए देखि नै नाम चलेको हस्पिटल भएका कारण ग्राण्डीमा चेक जाँच गराउँदै आएको र असार २० गते ग्राण्डीमा नै बच्चालाई जन्म दिएका थिए ।

जुम्ल्याहा छोरीहरू जन्मेपछि हस्पिटलको विश्वासमा उपचार गराई रहेका शिशुहरूको अचानक स्वास्थ्य प्रतिकुल भएको जानकारी अस्पतालले दियो । तत् पश्चात् १ को मृत्यु भएको थियो भने अर्को शिशुको हातमा इन्फेक्सन भएर पीप जमी सक्दा पनि उपचारमा ढिलाइ गरेका कारण शिशुका बाबुले तत्काल ग्राण्डी हस्पिटलबाट शिशुलाई निकालेर ईशान हस्पिटल वसुन्धरामा लगेका थिए ।

ईशान हस्पिटलका डाक्टरहरूको सफल अप्रेसनका कारण शिशुको पीप जमेर इन्फेक्सन भएको हात काट्नु नपर्ने भएको छ। ग्राण्डीमा उपचारका क्रममा ६ लाख भन्दा बढी खर्च भएको र छोरी गुमाउनु परेकोमा मृतकका बाबु आमा एकदमै दुखी भएका छन्। शिशुका बाबु भन्छन ‘यदि अर्को शिशु पनि ग्राण्डीमा नै राखेको भए गुमाउनु पर्ने अवस्था आउने रहेछ ।’

शिशुको मृत्युको विषयमा हस्पिटल प्रशासनसँग छलफल गर्न खोज्दा हस्पिटल प्रशासनले कुनै चासो नदेखाएको भन्दै मृतकका परिवारले आन्दोलनको घोषणा गरेको छ।