गृह मन्त्रालयको दबाबपछि बल्ल सुरूभयो संक्रमित युवतीको उपचार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गृह मन्त्रालयको दबाबपछि बल्ल सुरूभयो संक्रमित युवतीको उपचार



बागलुङ- कोरोना संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीलाई उपचार गर्न पनि गृहमन्त्रालयले दवाव दिनुपरेको छ ।

बेल्जियमबाट फर्किएकी ति युवतीलाई कोरोना पुष्टि भए पनि अवस्था सामान्य भन्दै सुरुमा घरमै सेल्फ क्वारेन्टाइनमा राख्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको थियो।

गृह मन्त्रालयले घरमै नराख्न र अस्पतालमै आइसोलेसनमा राख्न निर्देशन दिएपछि उनको धौलागिरी अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ।

गृहकोदवावपछि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, प्रहरी उपरीक्ष नवराज भट्टसहितको टोली अस्पताल पुग्यो। चिकित्सकले भने अस्पतालमा आईसीयू नभएको र अरु तयारी समेत नभएकाले कि घरमै नत्र पोखरा वा काठमाडौं पठाउनु पर्ने अडान राखेपछि केही घण्टा परिस्थिति असहज बनेको थियो। सोही अनुरुप उनी राति अबेरसम्म घरमै बसेकी थिइन्।

धेरै छलफलपछि शनिबार राति ११ बजे तिर संक्रमित युवतीलाई आइसोलेसनमा भर्ना गराएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

ति युवतीको गत चैत्र १२ गते बागलुङ नगरपालिकाको पहलमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर नमुना संकलन गरेको थियो।

काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा किशोरीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

बेल्जियमा आमा रहेकाले दुई महिना घुमेर गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट उनी नेपाल आएकी थिइन्। त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको यही १० चैतमा पुष्टि भएको थियो।