गृहमन्त्री शर्माले आफूले हवल्दारलाई १५ सय नदिएको स्पष्ट ,सामाजिक सञ्जालमा उनको साहसीक कदमको अपमान नगरौ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गृहमन्त्री शर्माले आफूले हवल्दारलाई १५ सय नदिएको स्पष्ट ,सामाजिक सञ्जालमा उनको साहसीक कदमको अपमान नगरौ



काठमाडौं– दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समुहले फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका हवल्दार दुर्गा बहादुर रानाले गृहमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।

सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दारलाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिएका हुन् ।
‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ ।’ गृहमन्त्री शर्माले भने ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षीत गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षती हुनबाट जोगाएका थिए ।

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिएका थिए ।

यसैबीच गृहमन्त्री शर्माले आफूले हवल्दारलाई  १५ सय नदिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्– नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु १५०० दियो भनी भ्रम छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।’
बरु रानासहितका चुनावमा प्रभावकारी काम गर्ने प्रहरी कर्मचारीलाई सोमबार महानगरीय प्रहरी कार्यालयले नगदसहित  सम्मान गरेको थियो ।

ratopati