'कविसंगै कविता'मा सुनिए गिरि श्रीस मगर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘कविसंगै कविता’मा सुनिए गिरि श्रीस मगर



बुटवल, २ भदौं ।

बुटवलमा कवि गिरि श्रीस मगरको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘कविसंगै कविता’ कार्यक्रममा कवि श्रीसले कविता वाचन गर्दै समसामयिक कविता लेखनले देशको आमूल परिवर्तनमा सहयोग पुग्ने भन्दै मानव जातिको जीवन र जगतलाई अहिलेको साहित्यले प्रतिनिधित्व गर्नुपर्ने बताउनु भयो । कवि श्रीसले सीमान्तकृत वर्ग समुदायको आवाजहरुलाई अबको साहित्य लेखनमा मुखरित गर्नुपर्ने बताउनुभयो ।

कवि श्रीसले मोई, प्रोक्सी एड, पहिचान, इच्छा, पहाडको शिखरबाट, नेपाली, गोरखा एक्सप्रेशमा पृथ्वीनारायण, सागरछेउ उभिएर, इच्छाहरुको आत्महत्या, ब्यालकहोल, संघारीको दुःख, प्यालेष्टिनी गरी ११ वटा कविता वाचन गर्नुभएको थियो । कवितामाथि समीक्षा गर्दै रामचन्द्र श्रेष्ठ र खोेमा तरामु मगरले कविताले जीवनका अनेक आयामहरुलाई समेट्न कोसिस गरिएको भन्दै इतिहासका कतिपय पूर्वमान्यताहरुलाई गहन अध्ययन गर्नुपर्ने बताउनु भयो ।14060488_10206960446718978_405484464_o

शेखर विकल्पको सञ्चालनमा सम्पन्न कार्यक्रममा कवि रामचन्द्र भट्टराई, अजम्बरध्वज खाती, रुद्र ज्ञवाली, देवेन्द्र घिमिरे, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, बुटवल कला साहित्य प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवाली लगायतका ६० जना साहित्यकारहरुको उपस्थिति थियो ।