पेट मिचिमिचि हसाउन अायो गुुलेली (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पेट मिचिमिचि हसाउन अायो गुुलेली (भिडियो सहित)



काठमाडौँ – प्रविधि र इन्टनेटको प्रयोगसँगसँगै नेपालमा नेपाली हाँस्य श्रृंखलाहरू च्याउ उम्रे झैँ उम्रेका छन् । नाम चलेका कलकारहरूदेखि भर्खर अभिनयमा हात हालेका कलाकारहरू पनि हाँस्य चलचित्र बनाउनमा लागि परेका छन् ।

त्यही माहोलमा पछिल्लो समयका हाँस्य टेलिश्रृंखलाहरूमा आफ्नो अभिनय प्रस्तुत गरी दर्शकको मन जित्न सफल कलाकारहरूले इन्टरनेटमा गुलेली नामक हाँस्य श्रृंखला लिएर उपस्थित भएका छन् ।

नेपाली दर्शकहरूले धेरै नै रुचाएका कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी, रेशम बुढाथोकी, मधु आचार्य लगायतका कलाकारहरूले अभिनय गरेको गुलेली यो साताबाट यूट्युवमार्फत प्रशारणमा ल्याइएको हो । समसमायिक विषयवस्तुलाई व्यंगात्मक शैलीमा प्रस्तुत गरीने उक्त हाँस्य श्रृखलालाई यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो)ले निर्देशन गरेका छन् ।