गुल्मीमा जिप दुर्घटना १ को मृत्यु,१३ जना घाइते - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गुल्मीमा जिप दुर्घटना १ को मृत्यु,१३ जना घाइते



गुल्मी : गुल्मीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मलामी लिएर सदरमुकाम तम्घास फर्किंदै गरेको लु १ ज १५२१ नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित अर्खलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको बाडगंगा नगरपालिका स्थायी ठेगाना भएको रुद्रबहादुर डेगा ९५५० को ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी धुर्कोट गाउँपालिका आत्माराम राना, रेसुङ्गा नगरपालिका–४ का देवराज पाण्डेय, डिलबहादुर दर्लामी, सन्तोष पाण्डेय, ध्रुव मरासिनी, मोहनविक्रम थापा गम्भीर घाइते भएका छन् । उनीहरुको पाल्पा असपतालमा उपचार भइरहेको छ ।

घाइते अन्य ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि गम्भीर घाइते छन् ।

मंगलवार डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको शव सदगत गरेर फर्किने क्रममा बुधवार राति दुर्घटना भएको थियो ।