गुल्मी १ मा चन्द्र भण्डारीले लिए अग्रता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुल्मी १ मा चन्द्र भण्डारीले लिए अग्रता



गुल्मी क्षेत्र १ को मतपरिणामले कांग्रेस एमाले दुबैलाई तनाव बनाएको छ । नेपाली काँग्रेसका डा.चन्द्र भण्डारी र एमालेका प्रदिप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भैरहँदा सबैको चासो यस क्षेत्रमा परेको छ ।

एकैछिनमा चन्द्र अगाडी लाग्छन, फेरी केहि बेरमै प्रदीपले अग्रता लिए भन्ने खबर आउँछ । मतगणना सुरु भएदेखि नै ज्ञवाली र भण्डारी बीच झिनो मतान्तरले प्रतिस्पर्धा छ।

दुई नेताबीच कडा प्रतिस्पर्धा भैरहेका बेला अहिले भने चर्द्र अगाडी लागेका छन् । निर्वाचन कार्यालयका अनुसार भण्डारीले १९७५६ मत प्राप्त गरेका छन् भने ज्ञवालीले १९१८२ मत प्राप्त गरेका छन्। अहिले भण्डारीले ५८४ मतले अग्रता लिएका छन्।