गुल्मी हिडेका राजेश हमाल पहिरोले बाटोमै रोकिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुल्मी हिडेका राजेश हमाल पहिरोले बाटोमै रोकिए



गुल्मी, असोज १२ ।

गुल्मीको एक कार्यक्रममा आइपुगेका महानायक राजेश हमाल सदरमुकाम तम्घास नजिकैको सुख्खा पहिरोको बिचमा अलपत्र परेका छन् ।

तानसेन सड्कखण्डको बिचमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा सुख्खा पहिरोले सवारी साधान आउजाउ गर्न नसकेपछि नायक हमाल अलपत्र पर्नु परेको हो । धुर्कोट वडा दशैं मेलाको अन्तिम दिन हमाल पुग्ने कार्यक्रम रहेको छ ।

अन्य कुनै बिकल्प नभएपछि नायक हमाललाई पहिरोभन्दा माथी आदा घण्टाको उकाले हिडालेर दुबीचौरको घोर्लेसम्म ल्याउने र प्रहरी प्रशासन सहयोगमा धुर्कोट लैजाने तयारी गरिएको छ । उनलाई सदरमुकामबाट कार्यक्रम स्थलमा लैजाने जिम्मा लिएका यसै समाचारदाता सँग टेलिफोन सम्पर्कमा नायक हमालले आफु हिडेर पनि धुर्कोट जान तयार रहेको बताएका छन् । उनि सहित दशैं मान्न आएका सयौं यात्रुहरु हिडेर घोर्लेसम्म आई अर्को गाडी चढने गरेका छन् ।

गत एक सातादेखि बारम्बार अबरुद्ध र खुल्दै आएको सड्क बुधवार साँझदेखि बिहिवार सम्म ठप्प छ । बिहानैबाट सड्क खुलाउन २ वटा स्काभेटर प्रयोग गरेपनि खुल्ने संकेत देखिएको छैन् ।

सड्क खुलाउन रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायत खटिएका छन् । बिहानैदेखि सड्क खुलाउन खटेका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले डोजरले सोर्दै र माथीबाट झन ठुलो पहिरो खस्दै छ यसर्थ पनि यति समयपछि सड्क खुल्छ भन्ने अबस्था नरहेको बताए ।

उनले नायक राजेश हमाल देशकै गहना भएकोले जसरी पनि कार्यक्रम स्थलसम्म पु¥याउने पहल भइरहेको जानकारी दिए । रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले सड्क डिभिजन कार्यालयबाट २ वटा डोजर मगाएर धमाधम काम भइरहेको थप पहिरो नझरेमा करिव ३ घण्टापछि एकतर्फी खुलाउने पहल भइरहेको जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख डोरबहादुर थापाले सिमीचौर रिडी खज्याङ्ग सिमीचौर हुँदै तम्घासको बैकल्पी मार्ग रोज्न यात्रुहरुलाई आग्रह गरेका छन् । उनि एक सातादेखि त्यहि सुत्ने बस्ने गरि खटेका छन् । उक्त पहिरोलाई काठमाडौं जाने सड्कको एक समयमा भनिने कृष्ण भिरको संज्ञा दिईएको छ ।

 माथीबाट पहाड भासिएपछि ठुलै पहरो सड्कमा आएर बसेको छ । डोजरले निरन्तर माटो फाल्दै छ तर त्यो भन्दा वढी माटो बगेको बगै छ । उक्त सड्कको १ वर्ष पहिले बिस्तार गरिएको थियो । सड्क बिस्तारको क्रममा भौगोलिक अबस्था नहेरी कटान गर्दा अहिले ठुलो समस्या झेल्नु परेको स्थानीयको गुनासो रहेको छ । डोजर चालक दशैं मनाउन घर गएपछि निर्माण व्यावसायी चुराबहादुर खत्री आफै सड्क खुलाउन डोजर चलाई रहेका छन् ।