मुटुको धड्कन बढाउने गुल्मी १ को मत परिणाम - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मुटुको धड्कन बढाउने गुल्मी १ को मत परिणाम



गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको मतपरिणामले धेरैको धड्कन बढाएको छ । यहाँ निकै रोचक प्रतिस्पर्ध भैरहेको छ ।

एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भैरहेको यो क्षेत्रमा पछिल्लो २ घन्टामा पाँच पटक एउटाले अर्कोलाई उछिन्ने प्रक्रिया चलिरहेको छ ।

केहीबेर अगाडी अग्रता लिएका भण्डारी अहिले झिनो मतले पछी परेका छन् । अहिले प्रदीप ज्ञवालीले उछिनेका छन् । ज्ञवाली १२० मतले अगाडि लागेका छन् ।

पछिल्लो मत परिणामअनुसार प्रदिप ज्ञवालीले २२ हजार ६९ मत पाएका छन् भने डा भण्डारीले २१ हजार ९४९ मत पाएका छन् ।