गुल्मी प्रशासनसम्म आउदैनन् घरेलु हिसांका घटना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुल्मी प्रशासनसम्म आउदैनन् घरेलु हिसांका घटना



गुल्मी : जिल्लाका अधिकाँश घरेलु हिसांका घटनाहरु सम्बन्धित निकायसम्म नआई गाउँमै मिलापत्र गर्ने प्रवृतिको अन्त्य हुन नसकेकोमा अधिकारकर्मीहरुले गुनासो गरेका छन् । महिला मानव अधिकार रक्षकहरुको सुरक्षाका क्षेत्रमा काम गर्दै आएको शान्तिका लागि साझा अभियान (कोक्याप)ले आयोजना गरेको कार्यक्रममा अधिकारकर्मीहरुले त्यस्तो गुनासो गरेका हुन् ।
सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा बोल्दै मानव अधिकारीका लागि महिला एमहिला संघ गुलमीको उपाध्यक्ष जुना कुवंरले चाहेर वा नचाएर धेरै घरेलुहिंसा साथै मानव अधिकार उल्ङघनका घटना गाउँमै साँघुरिएको बताईन् । ‘धेरैले हिंसा र पीडा धेरैलाई भने इज्जत जाने सम्झन्छन,’उनले भनिन्,‘केहि मात्र आउँछन, धेरै समाजमै मिलापत्र हुन्छ ।’ त्यस्तै जिल्लामा बिञ्चितीकरणमा पारिएका समुदायका मान अधिकार प्रर्वदन परियोजनाका संयोजक गणेश श्रेष्टले अझै पनि कुनै न कुनै रुपमा चेतनाको अभाव ग्रामिण तहमा रहेकाले समस्या ज्यूँ का त्यूँ रहेको बताए ।

शनिवार सदरमुकाम तम्घासमा गुल्मीका नागरिक समाज, महिला अधिकारकर्मी, पत्रकार लगायतका संघ सस्थाँका प्रतिनिधिमार्फत सस्थाँले जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे छलफल गरिएको थियो । छलफलका क्रममा सहभागीले जिल्लामा घरेलु हिसां अन्यन्तै बढी रहेको, अधिकाशं हिसांका घटना घर परिवार वा समाजमा नै मिलाउने गरेको, बलात्कार जस्ता घटनामा न्यूनिकरण नभएको प्रतिक्रिया दिएका थिए ।
नागरिक समाजका पदम पाण्डेयले घटनाहरु पनि जिल्ला सदरमुकाम सम्म पु¥याउन आवश्यक खर्च, मुद्धापछि समाजमा त्यसले पार्ने नकारात्मक प्रभाव लगायतका कारणहरुले ठुलै घटनामा पनि प्रशासनसम्म नआउने गरेको बताए । त्यस्तै अधिकाशं ग्रामिण इलाकामा थोरै रकममा पनि मानव अधिकार उल्लघंनका घटनाहरु मिलापत्र गराउने गरेका गुनासा आउने गरेको सहाभागीहरुले बताएका थिए । केहिबर्ष यता गुल्मीमा बोक्सी र दाइजो प्रथाका घटना भने प्रहरी कार्यलयसम्म आएका छैनन ।
कुनै पनि मानव अधिकार उल्ङघनका घटना भएमा विभिन्न संस्थाहरु, सञ्चार माध्यम, प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालयको सहयोगमा सम्बन्धित निकायमा सम्म ल्याउन सकिने र घटना न्यूनिकरणमा सहयोग पुग्नेमा सहभागीहरुले जोड दिएका थिए ।साथै त्यस्ता घटनाहरु घटेमा सस्थाँको केन्द्रिय कार्यलयमा सम्पर्क गर्न पनि अग्रह गरको छ ।
आयोजक सस्थाँले विगतका बर्षहरु देखि मानव अधिकारका बिषयमा भएका गतिविधिहरु यहाँ हेर्न सकिने भएकाले आफुहरुसंग पनि सहकार्य गर्न तालिम तथा पहँच अभिबृद्धि संयोजक अभिलेश कुमार शर्माले आग्रह गरे । साथै उनले कुनै पनि ठाउँमा मानव अधिकार उल्लघंनका घटना घटेको थाहा पाएमा सस्थाँको इमेल ठेगामाका वृस्तित रुपमा जानकारी दिन आग्रह गरे ।