गुल्मीको एक मतदान केन्द्रमा मतदान स्थगित, पुनः मतदान गरिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुल्मीको एक मतदान केन्द्रमा मतदान स्थगित, पुनः मतदान गरिने



गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुनः मतदान अधिकृतसहितको टोली पठाएर पुनः मतदान गर्ने बताइएको छ ।

तर पुनः मतदान कहिले गर्ने भन्ने बिषयमा छलफल भैरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । २ लाख २३ हजार छ सय १५ मतदाता रहेको गुल्मीमा आज भएको चुनावमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।