गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु,४ जना घाइते - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु,४ जना घाइते



काठमाडौं । दुई दिनदेखि लगातार भइरहेको वर्षापछि गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

घाइते रमेश रानालाई र्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए । गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा एकको ज्यान गएको छ ।

सो घटनामा पाँच घाइते भएका छन् । बाँकी तीनको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ । स्थानीयवासी ३९ वर्षीय केशव काउछा, २१ वर्षीय खिम काउछा र १८ वर्षीय विशाल काउछाको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ । जीप पुरिएपछि सामान्यावस्थाका एक घाइते पैदल गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाइ भएको थियो ।