गुल्मीका भारतीय गोर्खा सैनिकको कस्मिरमा मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुल्मीका भारतीय गोर्खा सैनिकको कस्मिरमा मृत्यु



एजेन्सी- नेपालका गुल्मी घर भएका एक गोर्खा सैनिकको भारत पशासित कस्मिरमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले गोलावारी गरेको जनाएको छ । बिहीबार राति भएको सो गोलाबारीमा सम्बर गुरुङको निधन भएको भारतीय सेनाले जनाएको छ ।

उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ । गोलावरीमा घाइते भएका गुरुङको अस्पताल पुर्‍याउनु अघि नै मृत्यु भएको जनाइएको छ ।

पछिल्लो समयमा भारत र पाकिस्तानबीच नियन्त्रण रेखा क्षेत्रमा तनाव बढ्दै गएको छ । भारत र पाकिस्तान एकले अर्कोमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लगाउने गरेका छन् ।