गल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न मानिसहरुको घुइँचो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न मानिसहरुको घुइँचो



प्रेम सुनार/गुल्मी, कात्तिक ३० ।

गल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई प्रत्यक्ष अवलोकन गरी दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हेटौँडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको ३ आँखा र सिङ्ग, २ मुख भएको गाईलाई देखाउँदै गुल्मीका स्थानीय वामीटसार बजार र कुर्घालगायतका स्थानहरुमा मेला अनौठो प्रकारको गाई हेर्न मानिसहरुको भीड लागेको थियो ।

मन्दिरको सहयोगार्थ लागि अनौठो प्रकारको गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा गाईलाई गाडीमा हालेर गुल्मीको मुसिकोट नगरपालिकाका विभिन्न स्थानीय बजार तथा चोक–चोकमा सर्वसाधारणहरुलाई देखाउने र हेर्ने सर्वसाधारणले हेरेर आफू सक्दो भेटी चढाउने मन्दिर समितिका सदस्य सिताराम दाहालले जानकारी दिए ।

 

२०६८ फागुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै आम सर्वसाधरण सबैलाई देखाउदै ठाउँ ठाउँमा देखाउँदै गाई हेरेर चढाएको भेटी संकलन गरेर मन्दिरको वृद्धि र विकासको संकलित खर्च गर्ने उद्देश्यका गाईलाई लिएर हिडिरहेको मन्दिर समितिका सदस्य दाहालले जानकारी दिए ।

गाईले नबेहुदै दुध दिने गाई जन्मेको ९ महिनादेखि गाईको कचौडो बढेको र दैनिकरुपमा आधा माना दुध दिने गरेको समेत मन्दिरका सदस्य दाहालले जानकारी दिए ।

 

साथै विभिन्न ठाँउमा गाईलाई लिएर हिड्दा गाई अनौठौ र धार्मिक हिसावले धेरैले राम्रो मानेको र गाई हेर्न मानिसहरु उत्साहित हुने गरेको मन्दिर समितिका सदस्य सिताराम दाहालले बताए ।