गुल्मी भुर्तुङ समितिको प्रथम अधिवेशन दिल्लीमा सम्पन्न - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गुल्मी भुर्तुङ समितिको प्रथम अधिवेशन दिल्लीमा सम्पन्न



ईन्द्र कमल जैरु /नयाँ दिल्ली १५ फागुन

भारतको राजधानी दिल्लीमा सामाजिक संगठन गुल्मी भुर्तुङ समितीको प्रथम अधिवेशन एवं घोषणा सभा आइतबार सम्पन्न भएको छ । समितिका अध्यक्ष टीकाबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टिकाबहादुर कार्की अध्यक्ष, मोहन पौडेल उपाध्यक्ष, देवेन्द्र केसी महासचिव, मुकुन्द पौडेल सचीव, राजकुमार पौडेल सहसचिव दीपक पौडेल कोषाध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रममा नेपाल वन च्यानलका समाचार प्रस्तोता इन्द्रकमल जैरु, नेपाल देशभक्त आवाजका अध्यक्ष नवीन जोशी र संस्थापक सदस्य बाबु रोका मगर अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । समारोहमा बोल्दै अधिकांश वक्ताहरुले नया कार्यसमितिलाई सफल कर्यकालको शुभकामना दिनुका साथै प्रवासी नेपालीहरुका समस्या केलाउदै एक आपसको सहयोगबाट समाधान गर्नु पर्नेमा जोड दिएका थिए ।

गुल्मी भुर्तुङ समितिका महासचिव एवं संचारकर्मी देवेन्द्र केसीद्वारा संचालित कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापती टिकाबहादुर कार्कीले गुल्मी भुर्तुङ सम्पर्क समिती गठन गर्नुको कारणबारे प्रकाश पार्दै प्रवासी नेपालीका समस्या र आम नेपालीका समस्यमा आफ्नो संगठनले सक्दो सहयोग गरि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।