पवान के.सी र प्रिया भण्डारीको अावाजमा “गुन्यु चोली ” बोलको गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पवान के.सी र प्रिया भण्डारीको अावाजमा “गुन्यु चोली ” बोलको गीत बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे /असार २ 

गायक पवान केसी अनि गायिका प्रिया भण्डारीको आवाजमा रहेको “गुन्यु चोली लायौ झुमा दियौ नजर” नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छन् ।

दुख अनि मेहनतका साथ निर्माण गरि सार्बजनिक गरिएको भिडियोको गीतमा भिम बिसीको शब्द/संगीत संगै अलमोडा राना उप्रेतीको एरेन्ज रहेको छ ।

निकै नै रोचक अनि नयाँ ढंग अनि पारिवारिक प्रेम कथामा आधारित रहेको निर्माण गरिएको यस भिडियोमा उत्सब दाहालको छायांकन , बिकाश धमलाको सम्पादन अनि राजिब समरको कोरियोग्राफी रहेको छ ।

अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यपस्थान गरेको भिडियोमा बर्षा शिवाकोटी र जीवन भट्टराईको ससक्त अभिनय संगै अशोक निरौला, रविन राईको अभिनय रहेको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् ।