थारु समुदायले घोडाघोडीमा यसरी मनाए 'गुरही' पर्व (फोटो फिचर) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

थारु समुदायले घोडाघोडीमा यसरी मनाए ‘गुरही’ पर्व (फोटो फिचर)



विशाल पाण्डेय /कैलाली – पश्चिम नेपालमा बसोबास गर्ने तराई क्षेत्रमा थारू समुदायले ‘गुरही’ पर्व मनाएका छन् । यसै क्रममा कैलालीको घोडाघोडी नगरपालिकामा पनि ‘गुरही पर्व’ मनाइएको छ । नगरपालिका भित्र रहेका विभिन्न ठाउँको चोक चोकमा उक्त पर्व मनाइएको हो ।

खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा कीरा नलागोस् भनेर गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको स्थानीयहरुले बताएका छन् ।

सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, सङ्कट लगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहदै आएको छ ।