प्रदेश १ कांग्रेस सभापतिमा गुरुराज घिमिरेले अग्रता बढाए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश १ कांग्रेस सभापतिमा गुरुराज घिमिरेले अग्रता बढाए



काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ को सभापतिका प्रत्यासी गुरुराज घिमिरेले अग्रता बढाउँदै लगेका छन्।

आइतबार साँझ साढे ६ बजेसम्म ४०० मत गणना हुँदा उनले २१२ मत पाएका छन्। अर्का उम्मेदवार उद्धव थापाले १७३ मत पाएका छन्। 

त्यस्तै, उपसभापतिमा गोविन्दप्रसाद ढुंगानाले १७३, टंकप्रसाद राईले १८३, रमेशजङ्ग रायमाझीले १८७ र विश्वनाथ रिजालले १६७ मत पाएका छन्।

महामन्त्रीमा उमेश थापाले १९५, दिपनकुमार श्रेष्ठले १८३, पद्मसुन्दर पालुङ्वाले १६४ र भूपेन्द्र राईले १७४ मत प्राप्त गरेका छन्।

सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छेदारले १७५ र सीता कार्कीले १८९ मत पाएका छन्। खुलातर्फ खड्ग फागोले २२७, रोहितकुमार शाहले १५६, विनोदकुमार बस्नेतले १३६, वीरकाजी राईले १२२ र शुभचन्द्र राईले १४ मत पाएका छन्।

कांग्रेस प्रदेश १ को चुनावमा १ हजार ७५३ मत खसेको छ।

कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता

नेपाली कांग्रेस प्रदेश १ को सभापतिका प्रत्याशी गुरुराज घिमिरेले अग्रता लिएका छन्।

आइतबार साँझ ५:३० बजेसम्म २०० मतको गणना हुँदा घिमिरेले १०८ र उद्धव थापाले ८३ मत पाएका छन्। घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने थापा सभापति शेरबहादुर देउवा पक्षका हुन्।

त्यस्तै, उपसभापतिमा गोविन्दप्रसाद ढुंगानाले ८५, टंकप्रसाद राईले ९७, रमेशजंग रायमाझीले ८७ र विश्वनाथ रिजालले ८२ मत पाएका छन्।

महामन्त्रीमा उमेश थापाले ९६, दिपनकुमार श्रेष्ठले ८९, पद्मसुन्दर पालुङवाले ८४ र भूपेन्द्र राईले ८८ मत प्राप्त गरेका छन्।

यस्तै, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदारले ८७ र सीता कार्कीले ९५ मत पाएका छन्। खुलातर्फ खड्क फागोले ११९, रोहितकुमार साहले ७१, विनोदकुमार बस्नेतले ८२, वीरकाजी राईले ८४ र शुभचन्द्र राईले ७ मत पाएका छन्।

कांग्रेसको प्रदेश कार्यसमितिको चुनावमा एक हजार ७५२ मत खसेको छ।