एकाबिहानै ग्वार्कोमा बस दुर्घटना, डेढ दर्जन घाइतेको उपचार हुँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एकाबिहानै ग्वार्कोमा बस दुर्घटना, डेढ दर्जन घाइतेको उपचार हुँदै



काठमाडौं- सोमबार बिहानै ललितपुरमा बस दुर्घटना भएको छ । ललितपुरको ग्वार्कोमा बिहान सबेरै बस दुर्घटना भएको हो । ग्वार्कोस्थित चक्रपथमा भएको दुर्घटनामा डेढ दर्जन यात्रुहरु घाइते भएका छन् ।

कलंकीबाट भक्तपुरतर्फ जाँदै गरेको बा.३ ख २१४२ नम्बरको यात्रुवाहक बस एक्कासी पल्टिँदा उनीहरु घाइते भएको बताइएको छ । घाइते सबैको नजिकैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा बसको सिसा फुटेको छ भने पल्टिएको कारण अरु पनि क्षति भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई ट्राफिक प्रहरी, सातदोबाटोले नियन्त्रणमा लिएको छ ।