चर्चित गायक प्रमोद खरेलको “लाईदेउ न मायाले”सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चर्चित गायक प्रमोद खरेलको “लाईदेउ न मायाले”सार्वजनिक(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १८ 

केही समय अगाडि ‘झुम्कावाली’ र ‘चल बतास चल’को अपार सफलतापछि चर्चित गायक प्रमोद खरेलले धेरै दर्शक श्रोताको प्रतीक्षामा रहेको उनै आवाजमा डान्सिङ गीत ‘लाइदेउ न मायाले’ को भिडियो सार्वजनिक गरेका छन् ।

डिपी खनालको उत्कृष्ट शब्द सृजनामा रहेको गीतको लोकप्रिय सङ्गीतकार तथा गायक राजनराज शिवकोटीले सङ्गीत भरेका छन् । केही समय अगाडि मात्र सार्वजनिक भएको भिडियोमा नायिका प्रियंका कार्की र स्वयम् प्रमोद खरेलको दमदार अभिनय रहेको छ । भिडियोलाई रङ्ग पत्रकार शुब्रत आचार्यले निर्देशन गरेका छन् भने अर्जुन तिवारीले खिचेका छन् । भिडियो डिआइडीका प्रतियोगी सुनिल श्रेत्रीले कोरियोग्राफी गरेका छन् । गायक प्रमोदलाई भिन्न रूपमा देख्न सकिने भिडियो डान्स नम्बर भएको र यो गीत उनका अघिल्ला गीतहरू भन्दा केही खर्चिलो भएको उनी बताउछन, उनी भन्छन् पक्कै पनि अघिल्ला गीतलाई जस्तै दर्शक श्रोताले माया गर्दिनुहुन्छ आशा गरेको छु । गीत दिक्षा क्रियशनले बजारमा ल्याएको छ।