गायक कुमार पुनले ल्याए मौलिक भाका “साईली ”(भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गायक कुमार पुनले ल्याए मौलिक भाका “साईली ”(भिडियो सहित)



समीर प्रकाश पाण्डे 

बिन्ध्यबासिनी म्युजिको प्रा.लीको प्रस्तुतिमा गायक कुमार पुनको पश्चिमी भेगमा निकै चर्चित मौलिक भाका समावेश “ साइँली” केही दिन अगाडि सार्वजनिक भएको छ ।

गायक कुमार पुन र लोकप्रिय गायिका विमाकुमारी दुराको स्वर रहेको सो गीतमा रमेश बि.जीको मर्मस्पर्शी शब्द सङ्गीत रहेको छ भने म्युजिक भिडियोको छायाङ्कन रमणिय स्थल पोखरामा गरिएको छ । म्युजिक भिडियोमा लोकल समुदायको भेषभुषा सँगै रोधी बस्दाको झल्को दिने गरी मौलिकतामा जोड दिइएको छ ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो करन चैसिरको छायाङ्कनमा विष्णु शर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा विशाल गुरुङ र रञ्जिता गुरुङले अभिनय गरेका छन् भने भिडियो साइ भिजन प्रालिले दृश्य निर्माण गरेको हो ।