गायक रमेशराज भट्टराईलाई बेहुला बनाउछु भन्थी बहुला बनाएर गई (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गायक रमेशराज भट्टराईलाई बेहुला बनाउछु भन्थी बहुला बनाएर गई (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख ३ 

नेपाली साङ्गीतिक बजारमा आफ्नो पृथक् पहचान बनाएका नेपाली युवा युवतीहरुको मन मुटुमा बसेका गायक तथा सङ्गीतकार हुन रमेशराज भट्टराई । पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा गायक तथा सङ्गीतकार रमेशराज भट्टराई निकै व्यस्त छन् ।

लोक तथा दोहोरी गीतबाट सङ्गीत क्षेत्रमा प्रवेश गरेका गीतकार रमेशराज भट्टराई सङ्गीतमा अब्बल सङ्गीतकारको परिचय बनाईसकेका छन् भने भट्टराई पछिल्लो समय गायनमा पनि चर्चामा रहेका छन् ।

भट्टराईले हिजो मात्रै नयाँ लोक पप गीत बेहुला बनाउछु भन्थी बहुला बनाएर गई सार्वजनिक गरेका छन् । माया प्रमेमा आधारित कथा बस्तुमा तयार गरिएको गीतमा शब्द / सङ्गीत स्वर भट्टराई कै रहेको छ भने गीतलाई R Audio Music Industries प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।