जनताको इच्छा भए मुलुकको नेतृत्व लिन तयार छु: ज्ञानेन्द्र शाह - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जनताको इच्छा भए मुलुकको नेतृत्व लिन तयार छु: ज्ञानेन्द्र शाह



काठमाडौँ । 

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेमा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन । उनले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार मुलुकको नेतृत्व लिन आफु तयार रहेको बताए ।

भाइटीकाको अवसरमा पत्रकारसंग कुरा गर्दै उनले उक्त बिछार राखेका हुन् । बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको राजपुरोहितले तोकेको साइतमा टीका ग्रहण गरेसंगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको बताएका हुन् ।

उनले जनताको चाहना र इच्छाका भरमा आफु मुलुकको नेतृत्व सम्हाल्न तयार भएको जनाएपनि यसलाई सक्रियताको रुपमा नहेर्न समेत आग्रह गरे । भेटमा पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताएका थिए ।