जन्मोत्सव मनाउन थाइल्यान्ड पुगे पूर्वराजा ज्ञानेन्द्र - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जन्मोत्सव मनाउन थाइल्यान्ड पुगे पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्रले ७६ औं जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन् । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।

पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन् । २३ गतेबाट ७७ औं वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।

उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाएका थिए । कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् ।