स्ववियु अवैधानिक घोषणा गर्नुपर्ने माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्ववियु अवैधानिक घोषणा गर्नुपर्ने माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र



घोडाघोडी । नेपाल विद्यार्थी संघ घोडाघोडी बहुमुखी क्याम्पस कमिटीले घोडाघोडी बहुमुखी क्याम्पस लाई बुधबार ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघले स्ववियु अवैधानिक घोषणा र शुल्क घटाउने मुख्य माग सहितका ज्ञापनपत्र बुुझाएको हो ।

नेपाल विद्यार्थी संघ घोडाघोडी बहुमुखी क्याम्पस कमिटीका
अध्यक्ष नारायण आचार्य र सचिव भरत कुमार शाहीद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा नेविसंघ नेपालीको शैक्षिक तथा समाज र देशको विधमान समस्याको समाधानकालागि सधै लागिरहने एक लोकप्रिय संगठन रहेको उल्लेख गरिएको छ ।

नेपाल विद्यार्थी संघले स्ववियुको समयावधी सकिएको र त्रिविको कार्यकारणी परिषदले कुनै परिपत्र नगरेकोले स्ववियु अवैधानिक घोषणा गर्नुपर्ने, बि.एस.डब्लु.को चर्को शुल्क घटाउनुपर्ने, आन्तरिक परिक्षा लाई मजबुत बनाउनुपर्ने, +२ र स्नातक तह फरक फरक समयमा सञ्चालन गर्नुपर्ने, स्ववियुका लागि निकासा भएको रकमको लेखाजोखा गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा
उल्लेख गरिएको छ ।

यस अघि पनि नेविसंघले क्याम्पसलाई पटकपटक ज्ञापनपत्र बुझाउदै आएको जानकारी गराउदै ४८ घण्टा भित्र मागहरु पूरा नभए कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्ने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।