सरकारले भन्यो: अब अस्पतालमा बेड उपलब्ध गराउन सकिन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारले भन्यो: अब अस्पतालमा बेड उपलब्ध गराउन सकिन्न



काठमाडौं- सरकारले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब कोरोना संक्रमितको उपचारको लागि बेड उपलब्ध गराउन नसक्ने भन्दै हात खडा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै हात खडा गरेको हो ।

मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ । अस्पतालमा राखेर कोभिड संक्रमितको उपचार गर्न नसकिने अवस्था आएकाले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले अघि भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।