चिनियाँ ह्याकरले केहि नबताएपछि प्रहरीलाई तनाव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चिनियाँ ह्याकरले केहि नबताएपछि प्रहरीलाई तनाव



काठमाडौं- आधुनिक प्रबिधिमार्फत एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ अभियुक्तले प्रहरीसमक्ष बयानमा केहि नबताएपछि थप दुई महीनासम्म हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

सोमबार जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा उनीहरुको मुद्दाको अनुसन्धानको लागि म्याद थप गरिएको काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले बताएका छन् ।

बयानको क्रममा प्रहरीसँग कम बोल्न चाहेका ५ चिनियाँ र एक चिनियाँ मुलका फ्रेन्च अभियुक्तसँग दोभाषेको माध्यमबाट बयान लिएको प्रहरीले जनाएको छ । उनीहरुसँग प्रहरीले २३ दिनदेखि बयान लिइरहेको थियो ।

दरबारमार्गस्थित नबिल बैंकको एटीएममा प्रभु बैंकको नक्कली भिसा कार्डको प्रयोग गरेर रु.३ करोड ५८लाख ८४ हजार रकम झिकेका अभियुक्तमध्ये ५ जना चिनियाँ १४ भदौमा र १ जना चिनियाँ मूलका फ्रेन्च १५ भदौमा काठमाडौंमा पक्राउ परेका थिए ।

बैंकिङ कसुरमा अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखि अनुसन्धान गर्न सकिने प्रावधान छ ।