हजारौँ नेता तथा कार्यकर्ता बिच पूर्व अर्थमन्त्री डा. महतद्वारा नुवाकोटमा उमेदवारी दर्ता। - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हजारौँ नेता तथा कार्यकर्ता बिच पूर्व अर्थमन्त्री डा. महतद्वारा नुवाकोटमा उमेदवारी दर्ता।



कर्ण बहादुर अधिकारी नुवाकोट।

नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले नुवाकोट क्षेत्र नं १ बाट आसन्न प्रतिनिधि सभा सदस्यका लागि हजारौँ नेता तथा कार्यकर्ता माझ उमेदवारी दर्ता गर्नु भएको छ।२०७० सालको संविधान सभा चुनावमा बहुमतका साथ विजयी हुनु भएका महत २०७४ सालको प्रतिनिधि सभा चुनावमा पनि बहुमतका साथ विजयी हुने अपेक्षाका साथ अगाडी बढ्नु भएको छ।नुवाकोट साबिक क्षेत्र नं २ का जनताको ढुकढुकी बन्नु भएका महतले विकास निर्माण कार्यमा दिन रात नभनी अहोरात्र खटि रहनु भएको छ।नुवाकोटको विकासका निमित्त कोही कसै माथि पनि भेदभाव नराखी जन हितका लागि पानी,बत्ती,कुल कुलेसा,विद्यालय भवन,स्वास्थ्य चौकी,सडक एवं पुल निर्माणमा अधिकतम बजेट पारी काम गरी रहनु भएको छ।उहाँको उक्त कार्यलाई सहयोगीका रूपमा काम गर्दै आउनु भएका युवा नेता रमेश कुमार महतले पनि प्रदेश सभा अन्तरगत नुवाकोट क्षेत्र नं १ को ख बाट उमेदवारी दर्ता गर्नु भएको छ।

नुवाकोट जिल्ला विगत देखि नै काँग्रेसको पकटमा रहेको जिल्ला हो।नुवाकोटका काँग्रेसका हस्तीहरू डा.महत र अर्जुन नरसिंह केसी साथै युवा नेताहरूकै कारण काँग्रेस अगाडी रहेको हो।नेपालको राजनीतिमा भएको एतिहासिक बाम गठबन्धनले केही असर गर्ला की भन्ने शङ्का पनि रहेको छ।तर विगतमा माओवादी पीडित एमालेका कार्यकर्ताहरूले पक्कै पनि माओवादीलाई भोट हाल्दा एक पटक सोच्ने छन् त्यस कारण बाम गठबन्धनले पनि काँग्रेससंग प्रतिसप्रधा गर्न हम्मे हम्मे पर्ने छ।२०७४ साल कार्तिक ५ गते भएको उमेदवार मनोनयमा काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नं १ को क मा महेन्द्र थिङ,क्षेत्र नं २ प्रतिनिधि सभाका लागि अर्जुन नर सिंह केसी,प्रदेश सभा क्षेत्र नं २ क मा जगदिश्वर नरसिंह केसी र २ कै ख मा जगत बहादुर तामाङको उमेदवारी मनोनय दर्ता भएको छ।