हजार रुपैयाँको संकट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हजार रुपैयाँको संकट



काठमाडौं, ४ फागुन

पैसा नहुँदा त्यसै तनाव, हुँदा पनि हैरानी !, नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको छ । संकट हो – हजार रुपैयाँको नोट ।

रकम अभाव र चर्को महँगीको मार खेप्दै आएका उपभोक्ता अचेल आतमा हजारका नोट खेलाउँदा नि तनावमुक्त छैनन् । नागरिक दैनिकले समाचार छापेको छ ।

किनकी साना दरका नोट अभावले बजारमा उनीहरुका हात्ती साटिनै मुस्किल हुन्छ । पैसा नसाटिदा कतिपय अति जरुरी काम निप्ट्याउन सकस पर्छ । यसको कारण हो – बजारमा हजार दरका नोटको हिस्सा बढी हुनु ।

साना दरका नोट ओसार पसार गर्न समस्या हुने र बजारभाउ बढ्दै जाँदा अचेल ठूला नोटको प्रचलन बढेको छ । त्यसमा पनि बजारमा प्रचलनमा आउका कुल नोटको आधाभन्दा बढी हिस्सा हजार दरका नोटले ओगटेको छ ।

राष्ट्र बैंकका अनुसार हजार बाहेक अन्य दरका नोटले कुल नोटको आधाभन्दा कम हिस्सा ओगट्छ ।