हजुरअामाकाे कथा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हजुरअामाकाे कथा



-सुमन सापकोटा 

अघिल्लाे दिनबाटै मन खिन्न थियाे । उहीँ दिनचर्या , उहीँ गाली उहीँ निर्देशन ..उफ् सम्झदै वाक्क लाग्दाे। तैपनि पुग्नु नै पर्ने थियाे। दसैकाे बिदा सकियाे। एउटा आनन्द केही समयकाे लागि सकियाे र एउटा परिबन्द केही समयका लागि फेरि सुरु हुँदै थियाे । विद्यार्थी जीवनकाे एउटा अनुभव- जति हाेस्टेलबाट घर जाँदा खुसीका बहार पैदा हुन्छन् त्यसै गरी घरबाट हाेस्टेल जाँदा दुःखका काँडा पैदा हुन्छन् जताततै।
“भाेली मसान्त जानू हुँदैन कान्छा” हजुरआमा पात्राेे पल्टाउनु भयाे ।

“ह्या केही हुँदैन हजुरआमा , याे जमाना नि त्यस्ताे हेरेर काे बस्छ?” म आधुनिक बन्न खाेजेँ । खै के बुझ्नुभयाे “लाै त नि , तेराे इच्छा ” यति भन्दै लाग्नुभयाे भान्सातिर । “सिट चाहिँ खतरा हुनुपर्छ, डिलक्स गाडीमा बाहेक अरूमा जान्न , बिहानकै टिकट काटिदिनुहाेला है बाबा” यसाे भनिरहदा लाग्थ्यो सधैँ सानै बनिराखाै । उमेरका श्रृङखलाहरू यही राेकियुन् । म सानाे सानै नै बनी राखाैेँ । तर के राेकिन्थ्याे भाेलि पल्टै मम्मी कराउनुभयाे

“कान्छा उढ् अब गाडी छुट्छ अहिले”
म उढे ।हतार हतार तयार भएँ। अामाकाे मन काेमल हुन्छ । र त छुट्ने बेला टिल्पिल् भएका आमाका अाखामा मुस्कान ल्याउन म बाेलि हालेँ-“मम्मी अर्काे पटक आउँदा चाहिँ टन्न घिउ जम्मा गरेर राख्नुहाेला, छाेराेलाई माेटाउने इच्छा छ ” मम्मी मुस्कुराउनु भाे , मैले संसार जित्ने सिकन्धर झैँ सम्झेँ आफूलाई ।

“A  काे ५ नम्बर सिट छ। राम्राे सँग बसेस् खर्चपर्च कति चाहिन्छ फाेनमा भन्दै गरेस्” बुबाकाे अन्तिम निर्देशन। म अाज्ञाकारी बन्दै टाउकाे मात्र हल्लाएँ। सायद यही प्रश्न आमाले साेधेकाे भए पाँच ६ हजार त बाटा खर्चमात्रै झारिदिन्थ्ये ।सिट खाली थियाे । झ्यालतिर बसेँ । गाडी जान अझै पाँच मिनेट बाँकी थियाे । अरू सिट लग्भग् भरिएकाे थियाे र खाली केवल मेराे थियाे। सम्झेँ मनमनै साईडमा राम्री केटी परिदिए हुन्थ्याे। मजा अाउथ्याे समय कटाउन । हुन त त्याे मामिलामा म अभागी न‌ै थिएँ । आजसम्म काेहि त्यस्ती केटी परेकि थिइन जुन मेराे साेचाई कि हाेस्। कि बुढा कि अाईमाई । साेचेँ याे पटक त्याे श्रृङखला भङ्ग हाेस् ।

त्यति बेलै खलासिसँग झगडा गर्दै गरेकी एउटा वृद्धाकाे आवाज सुनियाे । बिस्तारै त्याे आवाज नजिकिदै गयाे र मेरै नजिक आएर राेकियाे– “बाबु A काे ५ यही हाे?”

आफ्नै भाग्यदेखि आफैलाई रिस उठ्याे। हजुरआमाकाे साईतकाे कुरा सम्झिएँ । हाे रै’छ साईत नपर्दाे नै रहेछ। साईतका कुरामा विश्वास गर्न बाध्य बनेँ ।

“के भाे बाबु ?” हजुरआमा झन् चिच्याइन्।
“हजुर यही हाे” म अनिच्छापूर्वक उत्तर दिन बाध्य बनेँ ।
गाडी गुड्याे र मेराे यात्रा पनि सुरु भयाे ।।

00

..कानमा एयरफाेन घुसाएर झ्यालतिर फर्कनुकाे विकल्प थिएन मसँग। उता ती बुढी बसमा भएका सबैसँग परिचय गर्नै व्यस्त थिइन् । ‘फलानाे छाेराे अमेरिका छ, फलानाे छाेराे लन्डन छ’ आदि इत्यादि नसुन्न चाहदा चाहदै पनि सुनिरहेकाे थिए। चाईनिज माेबाईलकाे भन्दा कम सानाे थिएन बुढीकाे स्वर ।

“बाबु ! निदाइच्चाै हाे?” बाङ्गलुङे लवजमा बुढी कराईन्।
‘उफ् अब पालाे मेराे आएछ परिचय दिने’ मनमनै साेचेँ र मुखले ” छैन आमा” भनिरहदा अब यहाँ भन्दा बढी प्रश्न नगरिदिए हुन्थ्याे जस्ताे लाग्याे।

“बाबु नातिनीलाई फाेन अर्देउन” स्वर मसिनाे बनाउँदै नाेकिया माेबाईल मेराे हातमा थमाइदिइन्।
फाेन लाग्याे, बाेलिन् एकछिन् र अन्तमा “खै तिमीलाई फाेन दिन भनेकी छे लउ”
म झस्किए। मलाई किन?
मीठाे आवाजमा उताबाट आवाज अाएकाे थियाे
“मेराे हजुरआमालाई पुलचाेक नै झारिदिनु ल, मेसाे पाउनुहुन्न”
हुन्छ भन्नू नै पर्थ्याे र भने पनि ।
“छाेरा चाहिँ किन आउदैनन् आामा?” फुत्त प्रश्न मेरै मुखबाट निस्किएछ ।
“देशमा छैनन् बाबु विदेश छन् तिनवटै छाेरा” केही नर्मस हुँदै बुढी बाेलिन् ।
मलाई झन् जान्न मन लाग्याे याे बुढेसकालमा किन एक्लै?
साेधेँ काे काे हुनुहुन्छ घरमा?
“म, बुढा मात्र छम् बाबु” एक वाक्यमा उत्तर दिइन्।
“अनि नातिनी?” फाेन कल सम्झदै मैले साेधेँ।
“कैलेकाँहि आउछे बिदामा; बुढाबुढी काे जिन्दगी मात्र छ घरमा” बुढीले उत्तर दिइन्।
र उनले थप्दै थिइन् — बाबु तीन वटा छाेरालाई जेनतेन मेहनत गरेर जवानीमा विदेश सम्म पुर्याएँ। एउटा अहिले साइन्स पढ्छु भन्दै काठमाडौँ ग’काे छ। बुढा हिड्न सक्दैनन् , डुल्न सक्दैनन्। अघिल्लाे वर्षसम्म टाठै थिए। काममा जाँदा ढाड सर्कियाे अहिले गाह्राे छ हिड्न पनि।

बीचबीचमा मैले “हाे र” “ए” भनिरहेकाे थिएँ ।
बुढी थपिरहेकि थिइन्- ऋणसम्म त तिरे तर खासै कमाई छैन भन्छन्। एउटाले उतै बिहे गरेछ । नाति पनि पाउदै छ रे
बुढीले थाेरै भावुक बन्द‌ै थपिन् -“हेर बाबु बुहारिकाे मुख नदेख्दै नाति पाउने भएँ”!!
गाडी राेक्याे । खाना खाने टाइम भएछ। कति छिटाे समय बितेछ। म हाेटलभित्र पसेँ । उनी गफिदै थिइन् अरूसँग।जाँदाजाँदै एउटा वाक्य मेराे पनि कानमा पर्याे
“छाेराहरू सबै विदेश छन् ” ।

00

“आमा खाना खानु भाे नि” बस्दै गर्दा मैले साेधेँ।
” वर्षाैदेखि खाइरहेकि छु बाबु, थाहा’छैन अझै कति खानु पर्ने हाे” घुमाउराे पारामा उत्तर दिइन्।
अघिसम्मकाे वितृष्णा भाव बुढीका कथाले सम्मानमा परिणत भई सकेकाे थियाे ।
“पैला के गर्नुहुन्थ्यो ?” मैले साेधेँ।

” के गरिन बाबु , ती सन्तानकाे खुशीकाे लागि हरेक चिज गरे। सुरुमा कागज फ्याक्ट्रिमा काम गरेँ। त्यसपछि बुढालाई सानाेतिनाे ठेक्का लीनमा मद्दत गरेँ। आफै पनि मजदुर बनेर काम गरेँ । पछि बुढाप्रति मुन्छेहरूले विश्वास गर्न थाले ठुला ठुला ठेक्का आउन थाले..त्यपछि केही जग्गा जमिन जाेडियाे। छाेराहरूलाई पढाउने कमाई बन्याे । पछि त्यही जग्गा बेचेर विदेश पठाए । र अहिले पनि टुबाेर्क फ्याक्ट्रिमा काम गर्छु चार पाँच घण्टा” तप्प आँसु झार्दै बाेलेका ती वाक्यले मलाइ पनि भावुक बनायाे ।

“छाेराहरूलाई पैसा पठाइदिनु पर्छ पाे भन्नुपर्छ आमा के काम गरिरहेकाे याे उमेरमा” मैले भनेँ
” मेराे जवानी छाेराहररूकाे खुशिकाे लागि सकिएकाे छ ,र बुढेसकालमा छाेराहरूकाे खुशीकाे बाधक बन्न चाहन्न म”
उनी भन्दै थिइन् ‘बुढाकाे राम्राे हेरचाह गर्न सकुम् भाैमानसँग त्यही प्रार्थना गरिरहेकि छु बाबु’!
हाम्राे गन्तव्य अाइपुग्न लागेकाे थियाे मलाई समय अझै लम्बियाेस् , बाटाे अझै लम्बियाेस् जस्ताे भईरहेकाे थियाे ।

“जिन्दगी भर सम्पति कमाउन बिताएँ, केवल सन्तानकाे खुशिकाे लागि , बुढेसकालमा न्यानाे साथकाे लागि। आज त्यही सम्पत्तिले छाेराहरूलाई सात समुन्द्र पारि पुर्याइदियाे” टिल्पिल् आँखा सहित उनी बाेलिरहिन् । समाजले त सुखी अामाकाे रूपमा मलाई गन्छ विदेशमा रहेका छाेरालाई हेरेर तर मेराे मनकाे पीडा कसले देखिदिने? म निरूत्तर सुनिरहेकाे थिएँ । ‘संसार जित्ने हाेडमा कयाै मनहरू हार्दा रहेछन् बाबु यहाँ, तिमी मन जित्न तिर लाग्नु संसार आफै जितिन्छ।’ ती बुढी अामाकाे उपदेश मेराे मनमै छाेयाे ।

अचानक गाडी राेक्याे । अाेहाे आई पाे सकेछ । आँखा पुछ्दै बुढी बाेलिन्। बुढी उठेर झाेला मिलाउदै थिइन् ।मैले अाैपचारिक बन्दै बाेले-” आमा म नजिकै छु, अाइरहन्छु हजुरहरूलाई भेट्न चिन्ता नलिनुस्”

निस्कदै गर्दा बुढीले भनिन्-“नाै महिना काेखमा राखेर ,२० वर्ष पालेका छाेरा त याे अवस्था एक पटक आएका छैनन्, तिमी त एकदिनकाे यात्री खै कसरी पत्याउ र?”

………म केवल हेरिरहेँ। उत्तरकाे निम्ति शब्द थिएनन् मसँग। गाडी त बढ्याे अघि तर उनका कुराले मेराे दिमागलाई अगाडि बढ्न दिएनन्

म मूक दर्शि बनेर हेरिरहेँ ।

00