हल्का रमाईलो ...(चुटकिलाहरु) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हल्का रमाईलो …(चुटकिलाहरु)



गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन

सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?

गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो …

००

स्वास्नी : “हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!”

लोग्ने : “तिमीलाई भ्रम पर्यो जस्तो छ।”

स्वास्नी : “कस्तो भ्रम??”

लोग्ने : “म निदाएको थिए भनेर!!”

००

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

००
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।

पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।

झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’

मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’

‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।