हाम्रालाई होइन राम्रालाई रोजौँ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हाम्रालाई होइन राम्रालाई रोजौँ



सागर भुसाल (निश्चल)\तिलोत्तमा-९, भल्वारि, रुपन्देही

 

 

नजिकिँदो स्थानिय निकायको चुनावको सरगर्मिले यतिबेला बाटो घाटो ,सभा-समारोह, धनी-गरिबका घरदेखी चिया पसल र विभिन्न समाजिक सन्जालमा गतिलै चर्चा कमाएको छ। महिनौ देखिको अन्योल,सरकार र प्रतिपक्ष बिचको जुहारी अनि कुन चुनाव कस्को नेतृत्वमा गर्ने भन्ने अन्योलका बाबजुद पनि स्थानिय निकायको निर्वाचन केही विशेष सुत्र प्रयोग नभएमा लगभग निस्चित जस्तै भएको छ। २०७४-माघ सम्म तिनै तहको निर्वाचन गरिसक्नु पर्ने संबिधानको बाध्यात्मककारी ब्यवस्थाका कारण पनि यतिबेला अन्योलका बाबजुद चुनाव घोसणा भएको छ। सुल्टो काम कहिल्यै गर्न नसक्ने नेपालका प्रमुख राजनितिक दलहरु यतिबेला पनि उल्टो पट्टि बाट भएपनि देशलाइ निकास दिने उदेस्यका साथ पहिला स्थानिय तह, त्यसपस्चात प्रदेस र अन्त्यमा संसदको निर्वाचन गर्ने रणनिती अघि सारेका छन तथापी प्रदेस र संसदको निर्वाचन येतिबेला यसै भन्न सकिने अवस्थामा भने छैन।

यतिबेला चुनाबी प्रचार-प्रसारका क्रममा आफ्ना उम्मेद्वारलाई राम्रा साबित गर्ने उदेस्यका साथ ´हाम्रालाइ होइन राम्रालाइ रोजौ` भन्ने भनाइ गाउँ घरका चियापसल देखि विभिन्न राजनितिक दलका झुन्डहरुको सामाजिक संजालमा समेत भाइरल भएको छ। साच्ची राम्रा उम्मेद्वार भएर हो वा आफ्नालाइ राम्रा साबित गर्ने उदेस्य हो , यो प्रयोगकर्ताहरुनै जानुन। वास्तबमा कुनै स्वार्थ नभइ देश र जनताका निम्ति भनिन्थ्यो भने ´ हाम्रालाइ होइन राम्रालाइ रोजौ` भन्ने भनाइ अत्यन्तै समय सुहाउदो र आजको आवस्यक्ता अनुरुप नै हुने थियो। तर बिडम्बना भन्नू पर्छ आफू कुनै दलको कर्यकर्ता भैसकेको व्यक्ति अनि आफ्नो सामाजिक सन्जालमा आफ्नो पार्टिलाइ नै जिताउन दबाब दिने र कुनै पार्टिको झन्डा बोकेर त्यही पार्टिको गुण्गान गाउनेहरुले नै ‘हाम्रालाई होइन राम्रालाई रोजौँ ‘ भन्दै आफ्ना उम्मेद्वारलाई जिताउन आग्रह गर्दै गर्दा मलाइ त्यो शुद्ध र महान भनाइको खिल्ली उडाएको आभास भैरहेको छ।

के हो ‘हाम्रालाई होइन राम्रालाई रोजौँ ‘ भन्नुको तात्पर्य? हाम्रो भनेको को हो? र राम्रो कस्तो उम्मेद्वारलाइ भन्ने हो? यतिबेलाको परिस्थिती हेर्दै गर्दा भोट हाल्ने मतदाताले यी बिषयमा जान्नु र बुज्नु आवस्यक छ।बास्तबमा यस्ता सुद्ध भनाइहरुलाइ कुनै व्यक्तिको निजि प्रयोजनका लागि प्रयोग भैरहँदा म जस्ता बैकल्पिक राजनितिमा आस्था राख्नेहरु चुप लागेर वा केही प्रतिक्रिया बेगर उचित लागेन र रहदैन पनि। साँचैनै ऐलेको स्थानिय निकायको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई बिजयी गराउनु आवस्यक छ र यसका निम्ति मतदाताहरु स्वयम् ले नै कुन व्यक्ति राम्रो छ र कस्ले आफ्नो क्षत्रलाइ साँचै बिकासको गतिमा डोहोर्याउँदै अगाडि लैजान्छ भन्ने बिषयमा विशेष हेक्का राख्नु जरुरी छ र यो जनताका निम्ति स्मार्ट फोनको जमानामा ल्यान्ड्लाइन रोज्ने कि नरोज्ने भन्ने अवसर प्राप्त भएको छ। यदि जनताले साच्चै नै आफ्नो क्षत्र पुरानो बिरासत बोकेका पार्टिलाई लत्याउँदै आफ्नोलाइ नभएर राम्रोलाई मतदान गरे भने पक्कै पनि केही बर्षमै देशले कोल्टे फेर्ने सम्भवना जिवित छ तथापी जनताले नयाँ ब्यक्तिलाइ बिस्वास गर्ने वातावरण कत्तिको सिर्जना गर्न सक्छ्न त्यो पनि स्मार्ट फोनमा भएको त्यसको फिचरले बताउला।

यहि बैसाख ३१ गते हुन गैरहेको स्थानिय तहको पहिलो चरणको चुनाब नजिकिदै गर्दा र यस सम्बन्धी माहोल खडा भैरहदा गाउँ-गाउँमा मुखले राम्रोको पक्षमा भाषण गरेको देखाउँदै जनतालाइ भोज भतेर देखि विभिन्न प्रलोभनमा पार्दै हम्रालाई जिताउन कम्मर कसेर लागेको सजिलै देख्न सकिन्छ। यतिबेला “vote for tree-मासु-भात free”, “vote for sun – गुन्डा र डन” लगायतका टुक्कहरु पनि प्रचलनमा आएका छन। अझ बिडम्बना भन्नू पर्छ यतिबेला मुख्य दलहरु आफ्ना छोरी ज्वाइँ लगायतका आफन्तहरुलाइ मेयर उपमेयर मा स्थापित गर्दै प्रदेस र संसदको निर्वाचनमा आफू अजुकुल वातावरण सिर्जना गर्न मंत्री, प्रधानमंत्री देखि प्रतिपक्ष दलका नेताहरु कम्मरमा पटुकी नै कसेर हिडेको हामी प्रस्ट देख्न सक्छौँ। यतिबेला दशौँ बर्ष क्रान्ती गरेर १७००० जनताको रगतमा पौडी खेल्दै कथित क्रान्तिकारीका नामबाट परिचित व्यक्ति देखि किसान, सर्वहारा बर्गको नेतृत्व गर्छु भन्दै सिंह दरबारको महलमा सुत्ने कथित राष्ट्रबादिहरुलाई नाताबाद,कृपाबाद र गुटबादले राम्रै संग प्रभाब पारेको छ।

२ वर्ष पहिले बैसाख १२मा आएको बिनास्कारी भुकम्प पश्चात् खडा भएको राजनितिक माहोलले २०७३ असोज ३ गते साझ करिब ५ बजे संबिधान सभाबाट तात्कालिन रास्ट्रपती डा. रामबरण यादबद्वारा जारी गरिएको सम्बिधानले हामिहरु यतिबेला औपचारिक रुपमा ‘संघिय गणतान्त्रिक’ मुलुकको अभ्यास गरिरहेका छौँ। त्यही राजनितिक माहोल विभिन्न उतारचढाब हुँदै यतिबेला स्थानिय निकायको निर्वाचनमा आएर विश्राम लिदै छ भन्दा अनुपयुक्त नहोला। बास्तबमा विभिन्न देशहरुको अनुभव हेर्दा पहिले संसदको निर्वाचन त्यस पश्चात् संसद्को मातहतमा प्रदेसको निर्वाचन र अन्त्यमा प्रदेसको मातहतमा स्थानिय निकायको निर्वाचन हुनु पर्ने हो र यो नै सुल्टो बाटो हो भनेर बिज्ञहरुले भनिरहेको अवस्था पनि छ। तर केही सिमित नेताहरुको राजनितिक भविष्य, सत्तामोह र ब्यक्तिगत स्वार्थपुर्तिका कारण देशले सहज र सुल्टो बाटो तय गर्न सकेन र पुरानै संरचनामा यतिबेला सरकारले चुनाब गराउने तात्पर्यता देखाएको छ।

बिविन्न राजनितिक उतार-चढाबका बाबजुद यतिबेला मुलुक स्थानिय निकायको निर्वाचनको पुर्व सन्ध्यामा आइपुगेको छ। करिब २० बर्स पछि र संघिय गणतान्त्रिक मुलुकमा आइसके पछि पहिलो निर्वाचनका रुपमा हुन गइरहेको यस स्थानिय निकायको निर्वाचनमा देशका प्रतेक जनता देखि बिदेशि रास्ट्रहरुले समेत महत्वका साथ पर्खिरहेको अवस्था छ। यस्तो महत्तवपूर्ण परिबेसमा देशमा राजनैतिक माहोल हेर्दै गर्दा यतिबेला फरक बिचार फरक दर्सन र फरक चरित्रको ब्यख्या गर्नेहरुको अनौठो तालमेल देख्न सकिन्छ।

यतिबेला केहि बर्ष पहिले क्रांतिकारिका नाममा जनयुद्धमा होमिएका बर्तमान प्रधानमंत्री पुस्प कमल दाहाल (प्रचण्ड) र जनयुद्ध सुरु गर्ने ताका प्रचण्डको टाउकाको मूल्य तोक्ने तत्कालीन प्रधानमंत्री शेर बहादुर देउवाको चुनबी तालमेल देख्दा साच्चै नै राजनीतिमा कोही पनि स्थाई सत्रु र स्थाई मित्र नाहुदरहेछन भन्ने कुरालाई दरो संग प्रमाणित गरेको छ। त्यसै गरी केहि महीना पहिले संसदमा ‘म राजतन्त्रका बिरुद्द लड़ाई गर्दा तपाई कुन स्कुल र कती कक्षामा पढ्दै हुनुहुन्थ्यो ‘ भन्दै आफु १४ वर्ष जेल बसेको दुखद समाचार सम्प्रेसण गरेका पुर्वाप्रधन मन्त्रि केपी शर्मा ओली र पार्टीको बिधानमा नै राजतन्त्रको वकालत गर्ने राप्रपाको चुनाबी तालमेल देख्दा कतै नेपालका ठुला भानिएका राजनीतिक दलहरु जनता संग डराएका त होइनन ? बैकल्पिक रुपमा उदाएका नयाँ शक्ति, बिबेकसिल लगायतका दलहरुसंग अत्तालिएका त होइनन ? भन्ने प्रश्नले ती दलका नेता- कार्यकर्तालाई पक्कै सताएको छ।

बास्तवमा यतिखेर हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा कस्ता व्यक्तिले जित्छन, पहिलेनै प्रयोग भैसकेका थोत्रा खिया लागेका मेसिन आगाडी आउँछन् वा मालिकको म्यान्डेट अनुशार काम गर्ने २१ औँ सताब्दिका क्षमतावन रोबोटहरु अगाडी आउँछन् त्यो बैशाख ३१ को चुनाव पश्चात नै थाहा होला तर ३१ गते पश्चात थाहा होला भन्दैमा चुप लागेर नबस्न र विभिन्न प्रलोभनमा नपरी भिजन भएका, दुरदर्शी र विकास प्रेमी व्यक्तिको पक्षमा माहोल खडा गर्न सम्पूर्ण बुद्धिजीवी पत्रकार, नागरिक समाज लगायत सम्पूर्ण विद्यार्थी र चेतनशील वर्गहरुमा आग्रह गर्दै आफ्नो वार्ड, क्षत्रको जुनसुकै पार्टीको अब्बल र क्षमतावान व्यक्तिलाई मतदान गरि राष्ट्र निर्माणमा मुख्य योगदान गर्नुहुन सम्पूर्ण जनसमुदायहरुमा म भारत प्रवासमा अध्ययनरत विद्यार्थीको तर्फा बाट हार्दिक अपिल गर्दछु साथै आफ्नो अमुल्य भोट हाल्ने अधिकार न गुमाउन पनि देशमा रहनु भएका सम्पूर्णमा विशेष आग्रह गर्दै चुनाव पश्चात देशमा राष्ट्रिय एकताको माध्यम बाट देशलाई निकास दिनुहुने छ भन्ने बिश्वास नेताहरु बाट लिएको छु।

 

 

(लेखक हाल भारतमा सीए अध्यनरत बिद्यार्थी हुन् )