भारतीय टिभीमा प्रधानमन्त्रीले भने: हाम्रो जमिन र आकाश कसैलाई दिइन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतीय टिभीमा प्रधानमन्त्रीले भने: हाम्रो जमिन र आकाश कसैलाई दिइन्न



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि र आकाश छिमेकी देशहरुलाई कसैलाई पनि प्रयोग गर्न नदिने बताएका छन् ।

भारतीय सन्चारमाध्यम जी न्युजमा सुधिर चौधरीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारत र चीन जसले पनि आफ्नो जमिन हडप्ने प्रयास गरे त्यो नछोडिने बताए ।

उनले विश्वमा विभिन्न देशमा भएका विकास पनि एशियाको विरोधमा भएकाले अब विज्ञानप्रविधिको प्रयोगलाई थप अगाडि बढाउनु पर्ने बताएका छन् ।

अन्तर्वार्तामा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन्।

पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।

उनले भारत र चीनको वार्ताका लागि मध्यस्थता गर्ने बताएका छन् । उनले भारत र चीनबीच नेपालले सौहार्द सम्बन्ध भएको हेर्न चाहेको बताएका छन् ।

अन्तर्वार्तामा उनले भारतले आफूलाई पहिले नै सम्झिएको थियो भने आफूलाई बोस नसम्झिने बताएका छन् । अन्तर्वार्ताकारलाई उनले यस्तो नहुने पनि बताए ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।

उनले दुई देशका प्रधानमन्त्री भएपछि कोही पनि सानो र ठूलो नहुने बताएका छन् । उनले देशका प्रधानमन्त्रीको अवस्था र सम्बन्ध एउटै हुने पनि बताएका छन् ।