हाम्रो एमाले-माओबादी केन्द्रको एकतालाई अब कुनै तागतले रोक्न सक्दैन : प्रचण्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हाम्रो एमाले-माओबादी केन्द्रको एकतालाई अब कुनै तागतले रोक्न सक्दैन : प्रचण्ड



भरतपुर, कार्तिक २८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघ र प्रदेशको निर्वाचन दश दिन रोकिएको भए एमाले र माओवादी बीच चुनाव अघि नै पार्टी एकता भई सक्ने बताउनु भएको छ।

‘सर्वोच्च अदालतमा निर्वाचन प्रभावित गर्ने मुद्दा दर्ता भएको थियो। कांग्रेसका नेताहरु पनि चुनाव नगर्नेबारे कुरा गर्दै थिएू मंगलबार भरतपुरको दिव्यनगरमा आयोजित कार्यक्रममा प्रचण्डले भने- ‘केपी ओलीजी र मैले कुरा गर्यौं। चुनाव रोकियो भने पहिला पार्टी एकता गर्ने तयारीमा हामी थियौं । दश दिनमात्रै चुनाव रोकियो भने दुवै पार्टीका केन्द्रीय समिति भङ्ग गर्ने, महाधिवेशन आयोजक समिति बनाउने, पार्टी एकता गर्ने र एउटै चिन्हबाट चुनाव लड्ने हाम्रो तयारी थियो । तर, चुनाव रोकिएन । अहिले हामी चुनावकै व्यस्ततामा छौं । चुनाव लगत्तै हामी पार्टी एकता गर्छौं र नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउँछौं । अब पनि कसैले पार्टी एकता हुँदैन कि भन्ने ठान्छ भने त्यो भ्रम हो। हाम्रो एकतालाई अब कुनै तागतले रोक्न सक्दैन ।’

‘मैले सहमति अनुसार नै प्रधानमन्त्रीबाट राजीनामा दिएँ, देउवाजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरें’ प्रचण्डले भने- ‘संसदमा देउवाजीले प्रचण्डजी तपाईं राजनेता हो भने । के उनले प्रधानमन्त्री पदकै लागि मलाई राजनेताको पगरी दिनुभएको हो रु होइन भने चितवन जस्तो जिल्लामा राजावादी पार्टीलाई कांग्रेस सुम्पेर उनले के गर्न खोजेको हो ? मैले बुझ्न सकेको छैन। लोकतन्त्रका लागि लडेको पार्टीले राजावादी मान्छेलाई समर्थन गरेर उहाँहरुले बिपि, गणेशमान र गीरिजाबाबूको अपमान गरिरहनु भएको छ ।’

एमाले(माओवादी गठबन्धनले देशमा राजनीतिक स्थिरता कायम हुने प्रचण्डले बताए । उनले भने, ‘माओवादी एमाले एकता अधिनायकवादका लागि होइन, राजनीतिक स्थिरताका लागि हो, विकासका लागि हो, समृद्धि र समाजवादका लागि हो। हामी कम्युनिष्टहरु लोकतान्त्रिक शक्ति हौं। शान्तिपूर्ण प्रतिस्पर्धाको हाम्रो निष्ठामाथि प्रश्न उठाउनेहरु देशमा अस्थिरता निम्ताउने शक्तिहरु मात्र हुन् ।

चुनावी अभियानका क्रममा मंगलबार भरतपुरका १७, २ र २० नम्वर वडामा आयोजित दर्जनौ सभाहरुमा सम्बोधन र घरदैलो गर्नुभएको थियो। अभियानका क्रममा राप्रपा र कांग्रेस परित्याग गरि करिव ५०० कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका थिए।