हाम्रो संस्कार,अाजको वास्तविकता - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हाम्रो संस्कार,अाजको वास्तविकता



हरि थापा

लु हेर्नोस ! त बा,हेर्दा हेर्दै पारी गाउँको केटाले यति उदिम गर्‍यो, यसो गर्‍यो,त्यसो गर्‍यो तराईमा यति रोपनी छ  रे ! फलानो कम्पनीको मालिक भयो रे! बिग्रेर हिडेको केटो यसरी सुध्रियो सबै जना चर्चापरिचर्चा गर्छन्। अपसोच काम गरेर देखाईदियो।हेर्नु बा,हाम्रो छोराको ताल यस्तो छ। पराईको बा,आमा पनि चलाख भए बेलैमा बाटो बदले अहिले मोजमस्ती गरी रा’ छन्।

हाम्रो छोराले कहिले त्यसरी कमाउँला?बुद्धि हुनेले,गरी खानेले त्यसरी प्रगति गरेर देखाईदिन्छन।हाम्रोले त नाक नै काट्यो नि!
तर नाक नै काट्ने कुनै पनि काम गरेकैँ हुदैन् मात्र देखावटी बेलेैमा पैसा कमाउन नसके पछि नाकै काटेको आरोप खेप्न बाध्य हुन्छ।

आमा बाको यस्तो गुनगुण आवाजले छोरो भित्र देखि जलिरहन्छ , मनस्पटलमा कुरा खेलिरहन्छ। छोराले अपराध गरेको छैन उ त पढ्दै छ जागिरको सिलसिलामा अफिस चाहर्दै हिड्छ सर्टिफिकेट झोला भरिएको छ पढाइमा अब्बल छ,उच्च शिक्षा हासिल गरिसक्यो,तैपनि उसलाई अपराधी झैँ सबैले छड्के नजर लगाउँछन। जागिर खान नसक्नुको कारण ऊ अपराधी झैँ लुकिलुकि हिड्नु परेको छ। साच्चिकै खुम्चिएको छ उनका मस्तिष्कमा राम्रो जागिर पैसा नै पैसा यति बाहेक अरू छदै छैन।

यति राम्रो पढ्ने छोरालाई आमा,बाबुले साहस जोस जागर प्रेरणा दिनुको साटो छोरो विग्रियो हामीलाई डुवायो भन्दै हिड्छन् हो साच्चिकै उसलाई यति धेरै कमाउँन मन छ जसको कारण उसको आमा बाबु खुँसी हुन सकुन्।

छोरो तनावमा पर्छ।कमाउन नसकेको होला त्यो छुट्टै पाटो हो। तर तुरुन्तै कमाउन सकेन भन्दैमा हिजोको फटाँह जड्याँह चोर सँग यति भलादमी बुद्धिजीवी छोरालाई सँगै राखेर दाज्नु कति पनि न्यायचित नहोला।तर उसको अभिभावकले त्यो कुरा मूल्याङ्कन गर्दैनन् मात्र अरूको राम्रो देख्छन,आफ्नो बिग्रेको खतम काम नै नलाग्ने इत्यादि, खाली गनगन मात्र गर्छन्।यसकारण पनि उसको घरब्यबहार त्यति राम्रो छैन। छोरो जागिरको लागि अभ्यास गर्दै छ आस छ पक्कै उसले जागिर खाएरै छाड्ने अठोट छ ।

हर्के र बिर्खे एउटै ब्याचका स्कुल देखिका साथी हुन विर्खे सानै देखि पढ्नमा साह्रै सिपालु उसले कहिल्यै दितिय श्रेणी ल्याएन उ स्कुलमा सबै भन्दा उतकृष्ट विद्यार्थीको एक नम्बरमा नै आफ्नो स्थान सदा दर्ज गराउन सफल भइरहन्थ्यो। आर्थिक मामिलामा पहिले देखिनै कमजोर थियो ।

हर्के चाही कहिले विषय नलागी कक्षा उक्लिन सकेन् । उसको पढाई अत्यन्तै कमजोर थियो।सङ्गत पनि नराम्रो साथीको मात्र गर्थ्यो पढ्नमा उसले कहिल्यै प्रयास गरेन, उसको काम भनेको कक्षामा हल्ला गर्ने चुरोट तान्ने क्लास छाडेर भाग्ने, लडाँई झगडा गर्ने अनि लठ्ठ पर्दै हिँड्ने मान्छे धम्काउने यस्तै क्रियाकलापमा सक्रिय भयो।

हरेक दिन चोैकि पुन्ने हर्के परिचित भइसकेको थियो अब उसलाई हतपत साना तिना अपराधमा पक्रिन छाडिसकेको थियो उसले पढ्न छाड्यो,अनि त्यस्तै सङ्गत मा संलग्न भयो।ऊ देैनिक कमाएर ल्याउन थाल्यो, आमा बाबु खुँसी हुन थाले तर छोराले कसरी कमाएर ल्याएको छ त्यसको श्रोत कहिल्यै खोज्न चाहेनन्।

बिर्खे चाहिँ निरन्तर पढ्दै गयो अालान्तरमा बिर्खेले भने जस्तो जागिर पाएन ।भने जस्तो आम्दानी गर्न सकेन भएको सम्पति पढाइमा सक्यो।हिजो सबैको नजरमा सच्चा, ईमान्दार, लगनशिल पढाइमा अब्बल भनेर चर्चा गर्ने त्यो घर परिवार र समाजले बिर्खे लाई आम्दानी गर्न नसकेपछि सङ्कुचित सोचले सोच्न थाले,अब यसको जीवन बर्वाद भयो पढेको ऋण पनि नतिर्ने भयो हरपल हरक्षण पाइला पाइलामा कुरा काट्न थाले। तर पनि ऊ मोैन रह्यो विवश थियो बाध्यता थियो  ।उसले समाजको ऐना छर्लङ्ग देखि सकेको थियो मान्छे के का लागि पछि लाग्छन् यो सबै सजिलै अनुमान लगाउथ्यो। हो जसरी हर्केको आमा बाबु खुँसी थिए त्यस्तै देखाँसिकी नक्कल गर्न चाहन्थे तर बिर्खेको कमाई नहुने भएपछि यो सम्भव थिएन।

हर्केले जब बाटो मोड्यो, दुनियाँ ठग्यो धेरैको जिवनमाथी खेलवाड गर्‍यो वेलाबखत बदनाम भयो ।आज उसले प्रशस्त आम्दानी गरेकै कारण उ हाम्रो सहरको प्रतिष्ठित व्यक्ति गनिन्छ् उसलाई गरिने व्यवहार र बिर्खेलाई गरिने व्यवहार तुलना गरेर हेर्दा पनि चकित बनाउँछ।
अनि उसलाई यो समाज प्रति ऋष हैन दयाँ पलाएर आउँछ तर पनि त्यो सदभाव देखाउन सक्दैन, कठै यो समाजको दृष्टि किन आम्दानीमा मात्र परेको होला आम्दानी पछाडिको पर्दा किन हेर्न नसकेको होला यस्ता कुराले ऊ आफूलाई अझ कडा बनाउँन प्रयास गर्थ्यो।

अनि बिर्खेका आमा,बाबु भन्थे मान्छे बन्न सिक बाबु तेरो पढाइले माखोँ मार्दैन् हाम्रो पेट भरिदैन तलाई तेसै यसरी पढाएको छैन । कमाउन सिक् ।त पढ्दा खेरीको ऋणले टुपि डुविसक्यो कहिले कमाउँछस !र ऋण चुक्ता गर्छस! हो परिवारले कसरी कमाएको सँग सरोकार राख्दैनन् मात्र उ जस्तो बन्न सिक भनेर सुझाव दिन्छन।

वास्तवमा बिर्खे निर्दोष छ तर उ बहस गरेर आफ्नो अमूल्य समय खर्च गर्न पनि चाहदैन् उसलाई दिक्क बनाउछन् घर परिवार समाजले, ऊ हर्केको विषयमा पूर्ण रूपमा जानकार छ तर चाहदैन दुनियाँ ठग्न, लुट्न,सोझा साझाको घाटी थिच्न र हत्या गर्न ।ऊ आफ्नो योग्यता क्षमता र विवेकमा कति पनि डगमगाउदैन् र सफलता पाउने दृढ विश्वासको साथ अगाडी बढ्छ।

समाजले उसलाई कहिल्यै नथाक्ने ज्याद्रो मान्छे भन्न थालिसके,तर पनि ह्रार मान्दैन कोसिस गरिरहन्छ। उसको विश्वास जोस जागर अझै बढ्दै जान्छ एक दिन उसले चाहे अनुसार खोजे जस्तै जागिर पाउँछ फेरि उसले घर परिवार समाज बाट हाईहाई पाउँछ चर्चाले शिखर चुम्छ।

अनि त्यही घर त्यही समाज फेरि हर्केको विषयमा कुरा काट्छन अनि एक दिन हर्के अनैतिक क्रियाकलाप कालोधन्दाको अभियोगमा हतकडी लगाउँछ त्यसपछि बिर्खे त्यो समाजको सुपर हिरोको रूपमा परिचित हुन्छ उसको बाल्यकाल देखिको लगनशिलता मेहनतले ऊ सफल व्यक्ति बन्छ ।

अनि समाजले हिजो कमजोर बनाएको व्यक्ति एक्कासि पदमा पुग्दा फेरि उसकै बारेमा चर्चा गर्छन् अनि हर्के अपराधी,फटाह चोर,हो भनेर जान्दा पनि पावर पैसा र पहुच हुदाँसम्म कसैले सास काढ्दैन् उसका बारेमा प्रशंसा बाहेक केही चल्दैन् तर जब ऊ अभियोगमा समातिन्छ,उस्तै पहिले जस्तो कुरा काट्न सुरु हुन्छ। यो हाम्रो संस्कार नै भइसकेको छ ।अलि कति कमजोर भयो कि जरा देखि नै उखाल्न तिर लाग्छन कमजोर भएपछि त्यसको उपचार हैन परास्त गर्न तिर लाग्छन,हाम्रो समाजको संरचना संस्कार र वास्तविकता यस्तै छ ।